२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश प्रमुख डा. अहिराजले पहिलो तलबबाट गरे जलन पीडित बालबालिकालाई आर्थिक सहयोग

प्रदेश प्रमुख डा. अहिराजले पहिलो तलबबाट गरे जलन पीडित बालबालिकालाई आर्थिक सहयोग


काठमाडौँ –  प्रदेश २ का प्रमुख डा. राजेश अहिराजले आगोमा परी जलेका दुई बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। मंगलबार उनले दुई पीडितको उपचारका लागि आफ्नो पहिलो तलबबाट ३२ हजार रुपैयाँ किर्तिपुर अस्पताल पुगेर हस्तान्तरण गरेका हुन्।

उक्त रकम आगोबाट जलेर घाइते भएका सिन्धुलीकी दुई वर्षीया बालिका र वीरगन्जको तीन वर्षीय बालकको उपचारमा सहयोग पुग्ने बताइएको छ । दुवै जनाको हाल किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ। उनले यसअघि पनि आगलागीमा परेर घाइते भएका एक बालकको उपचारमा सहयोग पुर्याएका थिए।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ