२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वीरगञ्जमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु


धनुषा – पर्साको वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक वृद्धको मृत्यु भएको छ । वीरगञ्ज १४ बहुअरी बस्ने ५७ वर्षीय वृद्धको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

९ दिनअघि अस्पतालमा भर्ना भएका उनमा अन्य दीर्घ रोगसँगै कोरोना संक्रमण भएको अस्पताल प्रशासनले जनाएको छ ।

उनमा श्वासप्रश्वासको समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रस्त रहेको थियो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरगञ्जमा ६ जनाको मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ