२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बाराको कलैया अस्पतालमा पिसिआर ल्याब संचालनमा, २४ घण्टा सेवा प्रदान हुने

बाराको कलैया अस्पतालमा पिसिआर ल्याब संचालनमा, २४ घण्टा सेवा प्रदान हुने


धनुषा—बाराको कलैया अस्पतालमा प्रदेश २ सरकारका समाजिक विकास मन्त्री नवलकिशोर साहले पिसिआर ल्याब एवं एचडीयुको एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । बुधबार कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पिसिआर ल्याबले बारा जिल्लाका नागरिकलाई प्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास ब्यक्त गरे ।

उनले कोरोनाको शंका लागेका ब्यक्तिहरुले आएर कोरोना परीक्षण गराउनका लागि आह्वान समेत गरे । संसारमा पुनः खतरनाक रुपमा कोरोना संक्रमण फैलिन थालेको भन्दै महामारीबाट नागरिकको ज्यान जोगाउन चिकित्सकहरुलाई दतचित भएर अग्रसर हुनका लागि उनले निर्देशन दिए ।

कलैया अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्दै आवश्यक जनशक्ति पनि प्रदेश सरकारले चाडै नै ब्यवस्थापन गरेर पठाउने उनले बताए । मन्त्री साहले तलब नपाउने डाक्टरहरुलाई पनि प्रक्रिया पु¥याएर तलब, भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

विगतमा कोरोनाबाट नागरिकलाई जोगाउनका लागि कलैया अस्पतालका डाक्टर, नर्स, परामेडिक्स, कर्मचारी, स्वीपरलगायतका अन्य कर्मचारीहरुलाई जोखिम भत्ता उपलब्ध नभएको गुनासोलाई पनि चाडै सम्बोधन गर्ने प्रतिवद्धता उनले गरे ।

पिसिआर मेसिनमा एकपल्टमा ९६ जनाको नमुना परीक्षणका हुनेछ । प्रयोगशाला सञ्चालनका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट ३ जना कर्मचारीहरुलाई पठाइएको छ । नतिजाका लागि करिब ६ घण्टा समय लाग्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. श्रवनकुमार मिश्रले जानकारी दिए । पिसिआर ल्याब एवं एचडीयु दुवै सेवा संचालन गर्नका लागि १० जना जनशक्तिको आवश्यकता रहेको हुदा एक दुई दिन भित्रमा नै कर्मचारी पठाउने मिश्रले बताए । यो सेवा भने २४ औं घण्टा सुचारु हुने उनले बताए ।

एचडीयु सेवाका लागि १५ वटा सुविधासम्पन्न बेड पनि संचालनमा ल्याइएको कलैया अस्पतालका प्रमुख डा. गौरव महतोले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ