२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २वर्दिवास सेवा समितिले दियो अस्पताललाई एम्बुलेन्स

वर्दिवास सेवा समितिले दियो अस्पताललाई एम्बुलेन्स


धनुषा–महोत्तरीको वर्दिवासस्थित वर्दिवास सेवा समितिले वर्दिवास अस्पताललाई एउटा एम्बुलेन्स उपलब्ध गराएको छ । कोभिड–१९ महामारीमा मृत्यु भएकाहरुको शव व्यवस्थानमा समस्या परेपछि नगरपालिकाले वर्दिवास सेवा समितिसँग रहेको एम्बुलेन्सलाई शव वहानको रुपमा प्रयोग गर्न माग गरेको थियो ।

वर्दिवास उद्योग वाणिज्य संघ र वर्दिवास सेवा समितिका युवाहरुले १० लाख चन्दा संकलन गरेर १४ वर्ष अघि ज १ च ६२२ नम्बरको एम्बुलेन्स खरिद गरेका थिए । वर्दिवास नगरपालिकास्थित वर्दिवास अस्पतालको नाममा नामसारी गर्ने गरी आफ्नो संस्थाको एम्बुलेन्सको साँचो नगरपालिकाका मेयर विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेको वर्दिवास सेवा समितिका अध्यक्ष हिरा गौतमले बताए ।

‘कोभिड–१९ ले महामारीले विकराल रुप लिदैं गएको छ । यसको नियन्त्रणमा हाम्रो पनि योग्दान होस् भनेर हामीले चलाइरहेको एम्बुलेन्स शव बाहनका रुपमा प्रयोग गर्न वर्दिवास नगरपालिकाकालाई हस्तान्तरण गरेका हौं,’ उनले भने ।

कोभिड–१९ महामारी विरुद्धको लडाइमा सबै तिरबाट सरकारलाई सहयोग भइरहेको मेयर कार्कीले बताए । ‘अस्ति लगातार तीन घण्टा फोन गर्दा पनि शव व्यवस्थापन गर्न सवारी नभेटिएको हामीसँग तितो अनुभव छ,’ मेयर कार्कीले भने, ‘वदिवास सेवा समितिले यस्तो विपद्को अवस्थामा जुन एम्बुलेन्स हामीलाई प्रदान गर्नुभयो । त्यसको खुशी हामी शब्दमा व्यक्त गर्न सक्दैनौं ।’


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ