२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता

सांसद यादवद्वारा एक वर्षपछि स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता


जनकपुर–एक वर्षदेखि सांसदले प्रयोग गरिरहेको स्वास्थ्य चौकीको एम्बुलेन्स फिर्ता भएको छ । जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद डा.रीना यादवले सम्सी गाउँपालिकालाई एम्बुलेन्स फिर्ता गरेकी छन् ।

पोखरभिण्डा स्वास्थ्य चौकी, सम्सी महोतरीका लागि भारतीय राजदूतावासको सहयोगमा प्राप्त एम्बुलेन्स प्रदेश सांसद यादवले सोमबार सम्सी गाउँपालिकालाई बुझाएकी हुन् ।

सोमबार हेल्थआवाजले सांसद यादवले एक वर्षदेखि एम्बुलेन्स स्वास्थ्य चौकीलाई हस्तान्तरण नगरेको समाचार प्रकाशन गरेको थियो ।

भारतीय राजदूतावासबाट एक वर्ष अगाडि सहयोगमा प्राप्त भएपनि पोखरभिण्डा स्वास्थ्य चौकीको भवन हस्तान्तरण नभएका कारण एम्बुलेन्स बुझाउन ढिलाइ भएपछि तदर्थ समिति गठन गरी एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको यादवले जिकिर गरिन् ।

सम्सी गाउँपालिकाले समयमा कागजी प्रक्रिया पूरा नगर्दा गाउँपालिकाको फोन उठाउन छोडेको समेत उनले बताइन् । ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा सहयोगका लागि दूतावासमा पहल गरी एम्बुलेन्स ल्याएको बताउँदै सांसद यादवले एम्बुलेन्समा आफनो व्यक्तिगत कुनै स्वार्थ नरहेको बताइन् ।

यो पनि पढ्नुस

स्वास्थ्य चौकीको एम्बुलेन्स एक वर्षदेखि सांसदको कब्जामा


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)