२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मिर्चैयाका औषधी व्यवसायीमाथि गोली प्रहार, गोली चलाएको आशंकामा तीन जना पक्राउ

मिर्चैयाका औषधी व्यवसायीमाथि गोली प्रहार, गोली चलाएको आशंकामा तीन जना पक्राउ


धनुषा-सिरहाको मिर्चैयाका एक व्यवसायीमाथि शनिबार बेलुका अज्ञात समूहले गोली चलाएको छ । मिर्चैया नगरपालिका-५ घर भएर मुख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरिरहेका ३९ वर्षीय रामसागर साफीमा पसलमै ४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका हुन् ।

साफीको दाँया खुट्टा र हातमा गोली लागेको बताइएको छ । उनको उपचार मिर्चैयाकै मङ्लम हेल्थकेयरमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाभन्दा लगभग ५० मिटरको दूरीमा रहेको पसलमा हिसाब मिलान गरिरहेको बेलामा बत्ती गएको मौका छोपी उनीहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

सम्पतिको विवादका कारण आफन्तबटै अक्रमण भएको हुनसक्ने घाइते साफीले प्रहरीसँग बताएका छन् । उनीमाथि यसअघि पनि आक्रमण भएको बताइएको छ ।

आक्रमणको घटनापछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रहरी कार्यालय नजिकै घटना हुँदा पनि प्रहरीले जानकारी नपाउनु दुखद् भएको स्थानीयको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले घटनाबारे अनुसन्धान गरिरहेको जनाएका छन् । अहिले घटनामा संलग्न रहेको अशंकामा प्रहरीले तीन जना युवाहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । घटना प्रभावित हुने भन्दै उनीहरुको नाम बताउन चाहेनन् । अहिले पूर्वपश्चिम राजमार्ग र सहायक सडकहरुमा पनि चेक जाँच तीव्र बनाइएको  छ


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ