२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २गोलबजार अस्थायी कोभिड अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग

गोलबजार अस्थायी कोभिड अस्पतालाई स्वास्थ्य सामाग्री सहयोग


धनुषा – सिरहाको गोलबजार नगरपालिकाले संचालन गरेको अस्थायी कोभिड अस्पतालको लागि हेसरा नेपाल नामक गैरसरकारी संस्थाले कोभिड-१९ उपचारमा उपयोग हुने स्वास्थ्य सामाग्री सहयोग पगरेको छ ।

कोभिड-१९ को उपचारमा सहयोग पुर्याउने उद्देश्यसहित संस्थाले नगर प्रमुख देवनाथ साहमार्फत अस्पतालाई अक्सिजन सिलिण्डर, अक्सिजन फ्लो मिटर, पल्स अक्सोमिटर लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ को संक्रमण जोखिम अझै रहेकाले संस्थाले प्रदेश २ अन्तर्गत प्रत्येक जिल्लाको एउटा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्ने योजनाअनुसार गोलबजार नगरपालीकाद्वारा सञ्चालित अस्थाइ कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर ४७ केजिको ४ थान, अक्सिजन फ्लो मिटर ४ थान, पल्स अक्सोमिटर ५ थान, थर्मोगन २ थान, पीपीई सेट २० थान, ह्याण्ड सेनिटाइजर एक लिटरको ५ बोतल, सर्जिकल ग्लोब्स एक सय ५० जोडा, सर्जिकल माक्स एक हजार थान र कपडाको माक्स ३ सय थान प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक जिया खानले बताए ।

नगरपालीकाले भवन बनाएर सुरुगरेको अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि आफूले विभिन्न संस्थाहरुलाई लागातार सहयोगको लागि अपिल गरेको मेयर साहले बताए । उनले सोही अपिल अनुसार समागी प्राप्त भएको वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ