२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्पतालमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण

नारायणी अस्पतालमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण


धनुषा –  पर्साको वीरगञ्ज उद्योग वाणिज्य संघले नारायणी अस्पतालमा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) निर्माण गरेको छ । तेस्रो लहरको कोभिड-१९ आउन सक्ने आँकलन गर्दै संघले २५ लाखको लागतमा बालबालिका लक्षित पीआईसियू कक्ष निर्माण गरेको हो ।

कुल ३० शैय्याको  पीआईसियू कक्ष निर्माण सम्पन्न गरी संघले अस्पताललाई हस्तान्तरण गरेको छ । अक्सिजन पाइप जडान गर्न बाँकी रहेको कक्षमा संघले नै चारवटा एसी पनि जडान गरिदिएको छ ।

नारायणी अस्पतालमा संक्रमितका लागि कुल १ सय २५ शैय्याको मात्र थिए । तेस्रो लहर आए बालबालिका बढी संक्रमित हुन सक्ने आँकलन गर्दै संघले अस्पतालकै माथिल्लो तलामा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) कक्ष बनाइदिएको संघका अध्यक्ष सुवोध गुप्ताले बताए ।

यो पीआईसीयू कक्ष निर्माणमा वीरगञ्ज उद्योग वाणिज्य संघ र केही उद्योगी व्यवसायीको व्यक्तिगत सहयोग पनि रहेको संघका अध्यक्ष गुप्ताले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ