२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयमा ८० सिट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयमा ८० सिट


काठमाडौं-प्रदेश २ सरकारले गौरवको आयोजनाको रुपमा अगाडि बढाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चार विषयमा ८० सिट पठनपाठन अनुमति दिइएको छ । चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले स्थापना भएको पहिलो वर्षमै प्रतिष्ठानलाई चार विषयमा ८० सिट अध्यापनका लागि अनुमति दिएको हो ।

प्रतिष्ठानलाई बीएनएसमा २० सिट, बिपिएचमा २० सिट, बिएससीएमएलटीमा २० सिट र बिएस्सी नर्सिङमा २० सिटमा पठन पाठन गराउने अनुमति दिइएको हो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै वर्ष स्थापना भएको हो ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले पहिलो वर्षमै प्रतिष्ठानले चार विषयमा अध्यापन गराउन पाउनुको गौरवको विषय भएको बताए ।

‘प्रदेश २ सरकारको गौरवको आयोजनाको रुपमा चार महिना अगाडि स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट चार संकायमा स्नातक तह अध्यापन गराउन पाएको छ,’ उनले भने, ‘यो सफलताका लागि प्रदेश २ सरकार, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पताललाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’


क्याटेगोरी : प्रदेश २
ट्याग : #मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ