२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशस्वास्थ्य क्षेत्रमा तीन नम्बर प्रदेश सरकारले एक वर्षमा के गर्‍यो, के गर्न सकेन ?

स्वास्थ्य क्षेत्रमा तीन नम्बर प्रदेश सरकारले एक वर्षमा के गर्‍यो, के गर्न सकेन ?


काठमाडौ–स्वास्थ्य सूचांकका हिसाबले अन्य प्रदेश भन्दा अगाडी मानिएको तीन नम्बर प्रदेशका ३ सय ६८ वडा स्वास्थ्य संस्था विहीन छन् ।

प्रदेश सरकार स्थापना भएपछि सो प्रदेशले गरेका काम कार्वाहीको विषयमा तीन नम्बर प्रदेश निर्देशनालय हेटौंडा र स्वास्थ्य पत्रकार मन्च नेपालल आइतबार आयोजना गरेको अन्तक्रियामा सो जानकारी दिइएको हो । अन्तक्रियामा दिइएको जानकारीअनुसार प्रदेश तीन भित्र १ हजार १ सय २२ वडा रहेका छन् । जसमा ७ सय ५७ बटा वडामा मात्र स्वास्थ्य संस्थ्या रहेको तीन नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनाय हेटौंडाले जनाएको छ ।

गत भदौबाट सुरु भएको प्रदेश स्वास्थ्य निर्देशानालय जेठसम्मको नौ महिनामा कुल बजेटको ५५ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जानकारी दिएको छ । निर्देशनालयका उपस्वास्थ्य प्रशासक डा. रामबहादुर केसीले सिमित समय र जनशक्तिका कारण भएको उपलब्धि सन्तोषजनक रहेको बताए ।

नौ महिनाको अवधिमा के के भए काम, के के हुन सकेन ? भन्ने विषयमा निर्देशनालयका योजना अनुगमन तथा नियमन् शाखाका प्रमुख डा राजेन्द्र गिरीले यस्तो तर्क दिए ।

किन हुन सकेन त पूर्ण वितिय प्रगति ?

  • ढिलो कार्यालय स्थापना,
  • समन्वय अभाव (तिनै तहमा ) संचार,
  • जनशक्ति व्यवस्थापन (जिम्मेवारीबिहीन),
  • समयमै बजेट, कार्यक्रम र अख्तियारी तथा कार्य सञ्चालन निर्दे्शिका प्राप्त नहुनु,
  • संरचनागत अन्योलता,
  • अन्तरास्ट्रिय साझेदारी रगैर सरकारी संस्था र सामजिक मन्त्रालय एबम निर्देशनालय बीच समन्वयको अभाव,
  • स्वास्थ्य संस्था दर्ता र नवीकरण, स्वास्थ्य सूचना प्रणाली,
  • केहि महत्वपूर्ण कार्यक्रममा बजेट नपुग,
  • सुरुमा प्रादेशिक अस्पतालको बजेट स्थानीय तहमा जानु,
  • वैदेशिक स्रोत समयमै फुकुवा नहुनु

के के भए एक वर्षमा काम ?

  • रोग नियन्त्रण तथा प्रकृति प्रकोप व्यवस्थापन,
  • परिवार कल्याण कार्यक्रम,
  • उपचारात्मक तथा अस्पताल व्यवस्थापन कार्यक्रम,
  • जनसंख्या व्यवस्थापन,
  • व्यवस्थापन सूचना प्रणाली,
  • अनुगमन तथा योजना सुदृढीकरण कार्यक्रम,
  • नर्सिङ्ग तथा सामाजिक सुरक्षा कार्यक्रम,
  • स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रम,
  • स्वास्थ्य जनशक्ति विकास तथा तालिम कार्यक्रम,
  • स्वास्थ्य आपूर्ति व्यवस्थापन कार्यक्रम,
  • स्वास्थ्य पूर्वाधार व्यवस्थापन कार्यक्रम

चुनौती ?

  • आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूती र सबै वडामा सरकारी स्वास्थ्य संस्था स्थापना
  • स्वास्थ्य सम्बन्धि जनशक्ति स्वास्थ्य संस्था सम्म पुर्याउने
  • संविधानले प्रत्याभूत गरेका स्वास्थ्य सम्बन्धि हकहरुको कार्यन्वयन
  • औषधी तथा उपकरण र मापदण्ड आनुसारको भौतिक पूर्वधारसहितको गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता
  • प्रदेश भित्र विकासका हिसावले असन्तुलित र विषम असमानताको अवस्था,
  • महिला, बालवालिका र किशोर-किशोरीहरुलाई आधारभूत स्वास्थ्य अधिकार उपभोग गर्न सक्ने वातावरण तयार गर्नु,
  • सहरी गरिब तथा बिपन्न परिवार,जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य सेवामा पहुँच
  • क्षतिग्रस्त स्वास्थ्य सस्थाहरुको पुनर्निमाण,
  • बढ्दो सडक दुर्घटना र प्रदुषण ।

सम्भावनाहरु

  • स्वास्थ्य सूचांकहरुमा अग्रस्थानमा रहेको ।
  • ठुलाठुला अस्पताल र धेरै स्वास्थ्य सस्थाहरू यस प्रदेशमा रहेका
  • खानेपानी सुविधा र शौचालयको सुविधा राम्रो रहेको ।
  • स्वास्थ्य क्षेत्रमा सबैभन्दा धेरै उच्च शिक्षा प्रदायक अनुसन्धान केन्द्रहरु, बिशेषज्ञ स्वास्थ्यकर्मीको उपलब्धता ।
  • सबैभन्दा धेरै सामुदायिक स्वास्थ्य संस्थाहरु
  • स्वास्थ्य वीमा अभियान संचालन (केन्द्रीयबाहेकका पनि ५ वटा ५० सैय्याभन्दा बढीका) सहित

अबको प्राथमिकता के ?

  • दक्ष प्रसुती सेवा केन्द्रलाई सुदृढीकरण गर्दै प्रदेश मातहतका सवै अस्पतालमा सिइओएनसी सेवाको सुनिश्चितता गरिनेछ । आङ्ग खस्ने समस्याको रोकथाम तथा उपचारको सहज व्यवस्था गरिनेछ ।
  • पाँचवर्ष मुनिका बालवालिकामा कुपोषणको भार उच्च भएको स्थानीय तहमा सो न्यूनीकरण गर्न पोषण सम्बन्धी विशेष कार्यक्रम ल्याइनेछ ।
  • प्रत्येक स्थानीय तहमा १५ शैय्यासम्मको अस्पताललाई प्रभावकारी बनाउनमा सहयोग गरिनेछ । जिल्लामा रहेका आयुर्वेद केन्द्रलाई योग सेवासहित १५ शैय्यासम्मको अस्पतालमा क्रमशः स्तरोन्नति गरिनेछ ।
  • निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउने ।
  • मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गरिनेछ ।
  • विद्यालयहरुमा बालस्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य सेवा, प्रजनन तथा यौन स्वास्थ्यमा सुधार जस्ता कार्य गर्न एक विद्यालय एक नर्स कार्यक्रमलाई विस्तार गरी सुदृढ र प्रभावकारी बनाइनेछ ।

क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ