२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश१८ पुसदेखि त्रिशुली अस्पतालले विशेषज्ञ मनोचिकित्सक सेवा सुरु गर्ने

१८ पुसदेखि त्रिशुली अस्पतालले विशेषज्ञ मनोचिकित्सक सेवा सुरु गर्ने


त्रिशुली—नुवाकोटको त्रिशुलीस्थित त्रिशुली अस्पतालले विशेषज्ञ मनोचिकित्सक सेवा सुरु गर्ने भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेकाअनुसार अस्पतालले १८ पुसदेखि विशेषज्ञ मनोेचिकित्सक सेवा सुरु गर्न लागेको हो ।

कन्सल्ट्यान्ट मनोचिकित्सक डा. अनुशा मानन्धरले विरामीको स्वास्थ्य परीक्षण गर्नेछन् । अस्पतालमा हरेक दिन यो सेवा दिने डा. पाण्डेले बताए ।

उनकाअनुसार यो सेवाबाट मनोरोग भएका, आशंका गरिएका तथा जाँड, रक्सी दुर्व्यसनीलगायतकाले लाभ लिने सक्नेछन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ