२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशहर्लिक्स दिएर पदभार ग्रहण गर्दै वडाअध्यक्ष

हर्लिक्स दिएर पदभार ग्रहण गर्दै वडाअध्यक्ष


चरिकोट—दोलखाको वैतेश्वर गाउँपालिका–८ का वडाअध्यक्षले ज्येष्ठ नागरिकहरुलाई हर्लिक्स दिएर पदभार ग्रहण गरेका छन् । आफ्ना वडाका नागरिकहरु स्वस्थ र फूर्तिलो रहोस भन्दै वडाअध्यक्ष शान्त जिरेलले हर्लिक्स वितरण गरेका छन् ।

७० वर्ष उमेर पुगेका १६० जना ज्येष्ठ नागरिकहरुलाई आज एक समारोहकाबीच हर्लिस वितरण गरेका हुन् । यस वडामा सामाजिक सुरक्षा भत्ता लिने १६० जना ज्येष्ठ नागरिकहरु रहेका छन् । त्यसैको आधारमा हर्लिक्स वितरण गरेका हुन् । गाउँमा गाईभैसी पाल्न छाडेका हुनाले दूध, घ्यू नपाइने तर शरीरलाई पौष्टिक तत्व चाहिने भएकाले हर्लिक्स वितरण गरिएको नवनिर्वाचित वडाअध्यक्ष जिरेलले बताए ।

गाउँका स्वास्थ्य संस्थामा भनेजस्तो स्वास्थ्य सेवा पनि नपाइने र विशेषज्ञ चिकित्सकहरु नभएकाले छिट्टै नै वडाले यी समस्या समाधानको लागि पहल गरिदिनुहुन स्थानीयले अनुरोध गरेका थिए । सामान्य स्वास्थ्य जाँचको लागि पनि सदरमुकाम चरिकोट धाउनुपर्ने बाध्यता छ ।

गाउँमानै वडाले स्वास्थ्य सुविधा व्यवस्था गर्न सकेमा अरु विकासको काम नभएपनि हुने स्थानीय ज्येष्ठ नागरिकहरुका अपेक्षा थिए । वडाअध्यक्षले पदभार ग्रहण गर्दानै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका हुनाले आगामी दिनमा अझ स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन ज्येष्ठ नागरिकहरुले आग्रह गरेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ