२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशवीर अस्पतालमा रहेका बिरामीलाई घर ल्याउन वडाअध्यक्षको सहयोग

वीर अस्पतालमा रहेका बिरामीलाई घर ल्याउन वडाअध्यक्षको सहयोग


चरिकोट–दोलखाको कालिञ्चोक गाउँपालिकाका लालबहादुर थापालाई वीर अस्पतालबाट घर ल्याउन वडाअध्यक्षले सहयोग गरेका छन् । कालिञ्चोक गाउँपालिका–६ लापिलाङ निवासी लालबहादुर थापालाई वीर अस्पतालमा प्यारालाइसिसको उपचारको लागि लगिएको थियो ।

वडा नं. ६ का वडाअध्यक्ष भरत पाण्डेले आर्थिक अवस्था कमजोर रहेका थापालाई काठमाडौंमा एम्बुलेन्स पठाएर घर फर्कन आर्थिक सहयोग गरेका हुन् । उनले थापालाई घर ल्याउनको लागि एम्बुलेन्स खर्चबापत पाँच हजार र वडासदस्य राजकुमार अधिकारीले दुई हजार गरी सात हजार नगद सहयोग गरेका हुन् ।

थापा लामो समयदेखि प्यारालाइसिस रोगबाट ग्रसित भएर वीर अस्पतालमा उपचार गरिरहेका छन् । उनको आर्थिक अवस्था कमजोर भएकै कारण यसअघि पनि कालिञ्चोक सरोकार विपद् उद्धार समाजका संयोजक टेकराज शिवाकोटीलगायतले अस्पताल पुगेरै दश हजार पाँच रुपैयाँ सहयोग गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ