२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ५४ को नमुना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश १ मा ५४ को नमुना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ


विराटनगर-प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड १९) का शंकास्पद ५४ जनाको नमुना संकलन भएको छ । प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमुना संकलन भएको हो । नमुना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

१२ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए । उनका अनुसार झापाबाट ५, मोरङबाट ९, सुनसरीबाट २५, धनकुटाबाट १, ते¥हथुमबाट २, संखुवासभाबाट १, भोजपुरबाट २, सोलुखुम्बुबाट २, उदयपुरबाट ४ र पाँचथरबाट ३ जनाको नमूना संकलन भएको छ । प्रदेश नं. १ बाट बुधबार ८ जनाको नमुना संकलन गरिएको छ ।

मोरङबाट २, सुनसरीबाट १, भोजपुरबाट २ र उदयपुरबाट ३ जनाको नमुना संकलन गरिएको प्रवक्ता डा. मेहताले बताए । सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना परीक्षण सुरु भएपछि रिपोर्ट आउन छिटो भएको उनले जानकारी दिए ।

डा. मेहताका अनुसार प्रदेशभरिमा बुधबारसम्म कोरोना भाइरसका शंकास्पद १ सय १९ जना बिरामीले अस्पतालमा नाम दर्ता गराएका छन् । जसमा सुनसरीबाट १ सय ६, मोरङ र झापाबाट ५/५ जना रहेका छन् । बुधबारसम्म आइसोलेसनमा ३ पुरुषसहित ९ जना बिरामी भर्ना भएका छन् । ओखलढुंगा, उदयपुर र पाँचथर २/२ जना महिला र सोलुखुम्वु, पाँचथर र ताप्लेजुङबाट १/१ जना पुरुष आइसोलेसनमा भर्ना भएका हुन ।

प्रदेश नं. १ का ४३ अस्पतालले ३ सय ८५ आइसोलेसन वेड तयारी अवस्थामा राखेको प्रवक्ता डा. मेहताले बताए । उनकाअनुसार प्रदेशभरमा ३ सय ६१ वटा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । फिवर क्लिनिकमा बुधबारसम्म १ हजार २ सय ४६ जना बिरामी आएको डा. मेहताले बताए । प्रदेशका विभिन्न जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा अस्पतालहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ७ थान वितरण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ