२०८१ जेठ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रथामिक उपचार गरिने औषधी प्रहरीलाई वितरण

प्रथामिक उपचार गरिने औषधी प्रहरीलाई वितरण


विराटनगर – नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले जिल्ला प्रहरी कार्यालय मोरङलाई प्राथामिक उपचार गरिने औषधी वितरण गरेको छ । संघले मंगलबार मोरङ प्रहरी माहतमा रहेको २० यूनिटलाई पुग्ने प्राथामिक उपचार बक्स वितरण गरेको हो ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिनासहितको पदाधिकारीहरूले मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्कालाई प्राथामिक उपचार बक्ससहितको औषधी हस्तान्तरण गरेका छन् । सुरक्षामा खटिने प्रहरीलाई डियूटिको समयमा कुनै पनि चोटपटक लागि हालेको खण्डमा संघले प्रदान गरेको औषधी प्रयोग गर्न सकिने नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघले यसअघि पनि मोरङको आधा दर्जन प्रहरी युनिटहरूमा स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर समाजिक कार्य अनुरूप प्रहरीलाई औषधी र स्वास्थ्य सामाग्री प्रदान गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष तिम्सिनाले जानकारी दिए ।  सुरक्षामा खटिने प्रहरीलाई यस्ता औषधीले ठूलो सहयोग पुग्ने मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले बताए ।

यहाँ आएको औषधी मोरङ प्रहरी मातहतमा रहेको प्रहरी युनिटमा वितरण गरिने एसपी खड्काले जानकारी दिए । यसअघि संघले इलका प्रहरी कार्यालय पथरी, बेलबारी, उर्लाबारी, लेटाङ्ग, रङ्गेली, सिजुवा सेनिटाइजर, माक्स र पन्जा वितरण गरिसकेको संघका महासचिब दिनेश ठाकुरले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ