२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा ५३ जना संक्रमित थपिए, ११२ जनाले जिते काेराेना

प्रदेश १ मा ५३ जना संक्रमित थपिए, ११२ जनाले जिते काेराेना


विराटनगर– प्रदेश १ मा ५३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

थप पुष्टि भएका कोरोना संक्रमित मध्ये मोरङका २१, सुनसरीका १७, झापाका १०, पाँचथर र इलामका १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १३, उर्लाबारीमा ३, सुन्दरहरैचा र बेलबारीमा २–२ र बुढीगंगामा १, सुनसरीको इटहरीमा ६, बराहक्षेत्रमा ३, धरान, इनरुवा र भोक्राहानरसिंहमा २–२, कोशी र दुहवीमा १–१, झापाको दमक र कनकाईमा २–२, भद्रपुर, कमल, विर्तामोड, मेचीनगर, हल्दिबारी र गौरादहमा १–१, पाँचथरको कुम्वायक र इलामको सुर्र्याेदयमा १–१ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार १ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय १२ जनाले कोरोना भाइरसलाई जितेका छन् । होम आईसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट १ जनाले कोरोना जितेका छन् । प्रदेश १ बाट हालसम्म कोरोना जित्नेको संख्या २४ हजार २३ पुगेको छ ।

प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १९ महिला र ३४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख २ हजार ३ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ