२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतनामूलक कार्यक्रम

क्यान्सरविरुद्ध विराटमा भव्य जनचेतनामूलक कार्यक्रम


विराटनगर—मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्ध एकै दिन १५ वटा सचेतनामूलक कार्यक्रम गरेको छ । आइतबार विश्व क्यान्सर दिवसको अवसर पारेर ‘आशा क्लोज द केयर ग्याप’ नाम दिएर जनचेतनामूलक कार्यक्रम गरेको हो ।

कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गरे । उपचारको पहुँचको दूरीलाई घटाउँदै लाने संकल्पसहित बिरामीको उपचार सहयोगार्थ समेत कार्यक्रम गरिएको हो ।

आम जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना ब्यापक रुपमा फैलाउने उद्देश्यका साथ फरक तथा पृथक १५ वटाभन्दा बढी कार्यक्रम एकै थलोमा एकै दिन सम्पन्न गरिएको छ । ‘आशा क्लोज द केयर ग्याप अर्थात क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटका सिईओ डा. निकिता कार्कीले बताए ।

एकै दिन स्कुल र्‍याली, साइकल र्‍याली, स्कुटर र्‍याली, कार र्‍याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरुको सफलताको कथा, क्यान्सर रोग विशेषज्ञहरुद्वारा जनचेतना सम्बन्धि प्रस्तुती, स्कुलका विद्यार्थी बालबालिकाहरुद्वारा प्रतिभा प्रस्तुती, सांगीतिक कार्यक्रम सम्पन्न भएका छन् ।

कार्यक्रमबाट संकलन भएको रकम विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर उपचाररत बिरामीहरुलाई दिने निर्णय गरेको डा. कार्कीले जानकारी दिए । ‘क्यान्सरसँग लडिरहेका बिरामी जसले बाँचेर जीवनमा केही गर्छु भनी संघर्ष गरिरहेका बिरामीलाई सहयोग गर्ने निर्णयका साथ अगाडि बढेको हो,’ उनले भने, ‘यस सचेतानामूलक कार्यक्रमबाट संकलन भएको रकम १५ जना बढी क्यान्सरका बिरामीको उपचारमा सहयोग गरिने पवित्र लक्ष्य बोकेर गर्न लागेको कार्यक्रम हो । अहिले मनकारी व्यक्ति, संघसंस्था र उद्योगहरुले साथ सहयोग पनि गर्दै आएका छन् ।’

आर्थिक विपन्न र क्यान्सरको उपचार गर्न नसक्ने बिरामीको सम्पूर्ण उपचार हुने बताइएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ