२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट२५ वर्षमा नेपालीको औषत आयु ८२ वर्ष

२५ वर्षमा नेपालीको औषत आयु ८२ वर्ष


सरकारले अबको २५ वर्षमा नेपालीहरुको औषत आयु ८२ वर्ष पु¥याउने लक्ष्य राखी १५ औं पञ्चवर्षीय योजना तयार गरिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पञ्चवर्षीय योजनामा समावेस गर्ने गरी जनसंख्या तथा बसाइसराइ योजनाको मस्यौदा तयार गदै नेपालीको औषत आयु ८२ वर्ष हुने गरी लक्ष्य तय गरेको हो । सो मस्यौदा मन्त्रालयले तयार गरेर योजना आयोगलाई बुझाइसकेको छ ।

नेपाल जनसांखिक तथा स्वास्थ्य सर्वेक्षण २०७३ अनुसार नेपालीको औषत आयु ७१ वर्ष रहेको छ । लक्ष्यअनुसार प्रगती भएमा वि.सं २०९९ सम्ममा नेपालीको औषत आयु अहिलेको भन्दा ११ वर्ष बढेर ८२ वर्ष पुग्ने छ । यो पञ्चवर्षी योजना लागुभएको ५ वर्षमा नै औषत आयु अहिलेको भन्दा थप २ वर्ष बढी ७३ पुग्ने लक्ष्य राखिएको छ ।

सोही योजनामा हाल रहेको २ दशमलव ३ प्रतिशत कुल प्रजननदरलाई घटाएर २ दशमलव १ मा झरिने उल्लेख छ । त्यसैगरी प्रति लाख जीवित जन्ममा २ सय ३९ मातृ मृत्युदर रहेकोमा त्यसलाई घटाएर २५ वर्षमा ३० मा ल्याइने महत्वकांक्षी लक्ष्य राखिएको छ । नवजात शिशु मृत्यु प्रतिहजार २१ बाट घटाएर ८ मा ल्याइने, ५ वर्ष मुनिका बच्चाको मृत्युदर ३९ बाट घटाएर १५ मा ल्याउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या व्यवस्थापन महाशाखाका उपसचिव मुक्ति खनालले बताए ।

२०६८ को जनगणनामा कायम रहेको १ दशमलव ३५ प्रतिशत जनसंख्या बृद्धिलाई घटाएर १ मा झर्ने लक्ष्य राखिएको छ । हाल कायम ७ सय ६६ डलर प्रतिव्यक्तिलाई बढाएर ६ हजार डलर पु¥याउने महत्वकांक्षी लक्ष्यसहित योजना तयार गरिएको छ । ‘हामीले प्रत्येक जनसंख्यालाई विकासको हिस्सा बनाउने गरी जनसंख्या योजना तयार गरेका छौं,’ खनालले भने, ‘प्रत्येक व्यक्तिको कार्य र अनुभवलाई राज्यले अवसरको रुपमा लिनुपर्छ भन्ने हो ।’

१५ औं पञ्चवर्षीय योजना समाप्तीस“गै प्रतिलाख मातृमृत्युदर २ सय ३९ बाट घटाएर ९९मा ल्याइपु¥याउने, नवजात शिशु मृत्युदर २१ बाट १४ मा झार्ने गरिबी २१ दशमलव ६ बाट घटाएर १० मा ल्याउने र प्रतिव्यक्त आय १६ सय ४७ पु¥याउने लक्ष्य राखिएको छ । यी लक्ष्यलाई भेटाउन ८ वटा रणनीति २६ वटा कार्यनिती र ८ वटा मुख्य कार्यक्रम गरिने गरी योजना तयार गरिएको उपसचिव खनालले बताए ।

लक्ष्यअनुसार प्रगति हासिल गर्न यौन तथा प्रजनन् स्वास्थ्य, परिवार नियोजन, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतनलगायतका सेवालाई अधिकारीमुखी कार्यक्रमको रुपमा विकास गर्ने उल्लेख छ । त्यसैगरी जनसंख्या तथा बसाइसराइ, विकास र वातावरणबीच समन्वय गर्दै जनसंख्या व्यवस्थापनलाई विकासको अभिन्न अंगको रुपमा संस्थागत गर्ने, जनसंख्याको लाभांस सदुपयोग गर्न ज्ञान सिपमा आधारित रोजगारीका अवसरहरु निर्माण गर्ने उल्लेख छ । त्यसैगरी किशोर किशोरी तथा युवाहरुको सुरक्षित एवं जिम्मेवार चालचलन तथा बानी व्यहोरा प्रवद्र्धन गर्ने र जेष्ठ नागरिकको सीप, ज्ञान र अनुभव सदुपयोग गर्दै सामाजिक सुरक्षामा ध्यान दिनेजस्ता कुरालाई प्राथमिकता दिएको छ ।

कार्यनीतिका रुपमा कम उमेरमा हुने गर्वधारणलाइ घटाउने, जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्धता पुरा गर्ने, प्रादेशिक र स्थानीयस्तरमा जनसंख्या व्यवस्थापन कार्यलाई संयन्त्र बनाइ काम गर्ने, आन्तरिक बसाइसराइलाई व्यवस्थापन गर्ने उल्लेख छ ।
वैैदेशिक रोजगारीबाट फर्किएकाहरुले आर्जन गरेको सिप र साधनस्रोतलाई राष्ट्रिय उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, सीमान्तकृत एवं लोपन्मुख जातीलाई संरक्षण गर्न विशेष कार्यक्रम संचालन गर्नेजस्ता कुरा समेटिएको छ । किशोर किशोरीहरुलाई दुव्र्यसन, व्यभिचार, यौन दूराचारजस्ता कार्यबाट टाढा राख्न विशेष कार्यक्रम राख्ने, बाल विवाह न्यूनीकरणको लागि जोड दिने कार्यनीतिमा राखिएको छ ।

जेष्ठ नागरिकहरुको स्वास्थ्य जीवनका लागि आवश्यक स्वास्थ्य उपचार एवं क्रियाशील जीवनशैली प्रवद्र्धन गर्दै उनीहरुको अनुभव, क्षमता र सीपलाई समाज र राष्ट्रिय विकासमा लगाउने वातावरण सिर्जना गरिने उल्लेख छ ।


क्याटेगोरी : विशेष रिपोर्ट, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)