२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टकुन निजी मेडिकल कलेजले कति कमाउँछन् ? यस्तो छ तीन वर्षको कमाइ

कुन निजी मेडिकल कलेजले कति कमाउँछन् ? यस्तो छ तीन वर्षको कमाइ


काठमाडौं—नेपालका निजी मेडिकल कलेजले विद्यार्थीमाथि अतिरिक्त शुल्क लिएको आरोप लागिरहेका बेला कलेजहरुको वार्षिक आम्दानी खुलासा भएको छ । निजीस्तरमा सञ्चालित मेडिकल/डेन्टल कलेजको तीन वर्षको लेखा परीक्षण भएको वित्तिय विवरणका आधारमा कलेजहरुले वार्षिक कमाइको अवस्थामा हेल्थ आवाजले प्राप्त गरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको मेडिकल कलेजहरुको शुल्क विवादलगायत विविध विषयमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन—२०७६ मा मेडिकल कलेजहरुको पछिल्ला तीन वर्षको बोनस, कर र लाभांस अगाडिको प्रतिफलको अवस्था समेटिएको छ । हेल्थआवाजलाई प्राप्त उक्त प्रतिवेदनमा मेडिकल कलेजहरुको समग्र अवस्थाको समेत चर्चा गरिएको छ ।

उपसमितिको प्रतिवेदनमा नेपालमा निजीस्तरबाट सञ्चालित १७ वटा मेडिकल कलेजमध्ये १५ वटा मेडिकल कलेजको तीन वर्षको बोनस, कर र लाभांश अगाडिको कमाइको आँकडा समावेस छ । जानकी मेडिकल कलेज र देवदह मेडिकलको कमाइ भने प्रतिवेदनमा समावेस छैन् । समितिले जानकी र देवदह दुवै मेडिकल कलेजको वित्तिय विवरण प्राप्त नभएको उल्लेख गरेको छ ।

मेडिकल कलेजहरुमध्ये गत वर्ष सबैभन्दा धेरै कमाउनेमा पोखरास्थित मणिपाल मेडिकल कलेज छ । भारतीय स्वामित्व रहेको उक्त मेडिकल कलेजले गत आर्थिक वर्षमा कर, बोनस र लाभांस अगाडिको कमाइ ३४ करोड बढी रहेको छ ।


क्याटेगोरी : विशेष रिपोर्ट, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ