२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बझाङको वित्थडचिर गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

बझाङको वित्थडचिर गाउँपालिकाको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन


धनगढी—जिल्लाको वित्थडचिर गाउँपालिकामा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । विथ्थड चिर गाँउपालिका वडा नम्बर ६ पाडीपाखामा रहेको भवनको उद्घाटन भएको हो ।

प्रतिनिधिसभा सदस्य सांसद भैरवबहादुर सिंहले भवनको उदघाटन गरेका छन । उदघाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद सिंहले नेकपा सरकारले अहिले जनताको हितमा काम गरेको बताए । सिंहले स्थानीय स्थिरमा भएका समस्या सामाधानका लागि आफूले सक्ने जति सहयोग गर्ने बताए ।

वडा नम्बर ६ का वडा अध्यक्ष हर्कबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सांसद सिंह रहेका थिए भने विशिष्ट अतिथि नेकपा केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह—इन्चार्ज देवराज रेग्मी रहेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ