२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगौरीगंगा स्वास्थ्य महोत्सव सम्पन्न , ४८ जनामा सिकलसेल

गौरीगंगा स्वास्थ्य महोत्सव सम्पन्न , ४८ जनामा सिकलसेल


धनगढी—कैलालीको गौरिगंगा स्वास्थ्य महोत्सव—२०७६ शनिबार सम्पन्न भएको छ । महोत्सवमा ५ हजार २ सय २० जना महिला र १ हजार ९ सय २४ जना पुरुष गरी ७ हजार १ सय ४४ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ ।

परिक्षण गरिएकोमा ४८ जनामा सिकलसेल भएको पाइएको भन्दै थप परिक्षणका कार्यक्रम गरिने स्वास्थ्य शाखाका ईश्वरीप्रसाद भुषालले जानकारी दिए । नगर प्रमुख भीम बहादुर देउवाको सभापतित्वमा महोत्सव समापन गरिएको थियो ।

रेडक्रस उपशाखा चौमालाको समन्वयमा भएको रक्तदान कार्यक्रममा नगर उप—प्रमुख अंचला चौधरी, वडा नं ५ का अध्यक्ष जंगबहादुर विक र वडा नं १० का अध्यक्ष पदम बहादुर ऐरलगायत २२ जनाले रक्तदान गरेका थिए ।

महोत्सवको समीक्षासहितको विवरण २६ गते सर्वपक्षीय भेला गरी सार्वजनिक गर्ने जनाएको छ । महोत्सव सम्पन्न गर्न सहयोग पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति तथा संघ संस्थालाई समापनको अबसरमा सम्मानित समेत गरिएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ