२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापन गर्ने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिमका सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापन गर्ने प्रदेश सरकारको निर्णय


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले सबै जिल्लामा क्वारेन्टाइन स्थलको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकले सबै जिल्लामा क्वारेन्टाइन व्यवस्थापनका लागि सम्बन्धित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासनसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसबाट जोगिन शंकास्पद व्यक्तिलाई राख्न सबै जिल्लामा आइसोलेसन कक्ष पनि स्थापना गर्ने निर्णय भएको छ ।

यस्तै, सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने, सबै जिल्लामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, विशेष परिस्थितिमा औषधि, उपकरणलगायत अन्य व्यवस्थापन सामग्री खरिद गर्न सक्ने व्यवस्था समेत गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खडकाले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ