२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश‘कोभिड–१९’ सर्तकता : सुदूरपश्चिममा डेढ दर्जन ‘हेल्थ डेस्क’ सञ्चालनमा

‘कोभिड–१९’ सर्तकता : सुदूरपश्चिममा डेढ दर्जन ‘हेल्थ डेस्क’ सञ्चालनमा


कैलाली – कोराना (कोभिड–१९) भाइरसबाट सर्तकता अपनाउनु स्वास्थ्य परिक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लाका १८ वटा स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार दार्चुलाको खलंगा, दत्तु, जोलजिवी, छाडरु र ब्यासमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको हो ।

त्यसैगरी, बैतडीको झुलाघाट नाका, कैलालीको त्रिनगर नाका, खक्रौला, भजनीको बनियाघाट, लालबन्दी, चिसापानी र धनगढी विमानस्थल गरी ६ वटा स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको मन्त्रालयका सुचना अधिकृत हेमराज खड्काले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको दोधराचाँदनीको २ स्थानमा, ब्रह्मदेव, गड्डाचौकी र बेलौरी नाकामा ‘हेल्थ डेस्क’ स्थापना गरी सञ्चालमा आइसकेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) को आशंका लागेका व्यक्तिको स्वास्थ्य परिक्षणका लागि ९ वटै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष निर्माण समेत गरिएको छ । शंकास्पद बिरामीलाई आइसोलेसन कक्षमा निगरानीका लागि राखिने छ । त्यसका लागि अलगै स्वास्थ्यकर्मीहरुको समेत व्यवस्था गरिएको सुचना अधिकृत खड्काले जानकारी दिए ।

“सरकारी र निजी अस्पताल गरेर ५७ वटा ‘आइसोलेन बेड’ तयारी अवस्थामा रहेको र सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा २-२ भेन्टिलेटर सहितको बेडको तयारी गरिएको छ ।” उनले भने, “भारतबाट आउने मानिसहरुको तापक्रम परिक्षण तथा निगरानी गरी सीमा क्षेत्रमा रहेका ‘हेल्थ डेस्क’ मा थर्मल स्क्यानरको माध्यमबाट चेकजाँच पछि मात्रै नाका प्रवेश गर्न दिइएको छ ।”

त्यसैगरी, कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुई देखि तीन हजारको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन । भारतका विभिन्न प्रदेशमा कोरोनाको संक्रमण देखिए पछि त्यहाँ रहेका नेपालीहरु सर्तकता अपनाउदै घर फर्किने क्रम बढेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । गड्डाचौकीमा रहेको हेल्थ डेस्क’ले हालसम्म ३२, १६२ जनाको स्वास्थ परिक्षण गरेको जानकारी दिएको छ ।

यता, कोरोना भाइरसकै कारण भारतको उत्तराखण्डमा लाग्ने पुर्णागरी मेला समेत स्थगित गरिएको छ । पुर्णागिरी माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेव र भीमदत्तनर बजारमा रहेको सिद्धबैजनाथ मन्दीरमा दैनिक हजारौं भारतीय दर्शनार्थी दर्शनका लागि आउने गरेका थिए । कञ्चनपुरका स्थानीय तहहरुले पनि कोरोना भाइरसबारे विभिन्न सर्तकता अप्नाइरहेका छन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ