२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालको आइसोलेसनमा ८ जना भर्ना, लकडाउनपछि स्याम्पल पठाउन समस्या

सेती अस्पतालको आइसोलेसनमा ८ जना भर्ना, लकडाउनपछि स्याम्पल पठाउन समस्या


धनगढी-सेती अस्पतालको आइसोलेसन कक्षमा अहिले ८ जना भर्ना भएका छन् । भारत, कतारलगायतका देशबाट फर्किएका ८ जनालाई ज्वरो आएपछि उनीहरुलाई आइसोलेसन कक्षमा भर्ना गरिएको हो ।

सेती अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डा. जगदिश जोशीले उनीहरुलाई आइसोलेसन वार्डमा राखेर स्याम्पल संकलन गरिएको बताए । तर, लकडाउनका कारण स्याम्पल पठाउन भने समस्या भइरहेको उनले जानकारी दिए ।

यसअघि सुदूरपश्चिमका अस्पतालहरुले संकलन गरेको स्याम्पल प्रदेश जनस्वास्थ्य प्रयोगशाला हुँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले लकडाउनपछि स्याम्पल पठाउन नसकिएको स्वीकार गरिन् ।

उनले भनिन्, ‘यसअघि धनगढी–काठमाडौं सञ्चालन हुने विमानमार्फत स्याम्पल पठाउने गरेका थियौं । तर, अहिले लकडाउनपछि सबै हवाई सेवा पनि ठप्प छ । कसरी पठाउने भन्नेबारे छलफल भइरहेको छ ।’ सुदूरपश्मिच प्रदेश भरी कोरोना परिक्षणको व्यवस्था नहुँदा स्याम्पल काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ