२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

कैलालीमा ९ दिनअघि मृत्यु भएका पुरुषमा कोरोना पुष्टि


काठमाडौं– कैलालीमा ९ दिनअघि मृत्यु भएका एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । बर्दगोरीयामा गाउँपालिका वडा नम्वर ५ का ४९ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालवहादुर धामीले आज डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको बताए।

‘भदौ १ गते ती पुरुषको मृत्यु भएको थियो,’ उनले भने,‘उनलाई झाडापखालाको समस्या थियो । सुरुमा परीक्षणका लागि धनगढी स्वाब पठाइएको थियो भने त्यहाँ चाप बढी भएपछि डडेल्धुरा पठाइएको थियो। आज कोरोना पुष्टि भएको छ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ