२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि


धनगढी—सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख २८ हजार १ सय ६१ जनाको स्वाव परीक्षण भएको छ । परीक्षण भएकामध्ये १२ हजार ९ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएकाहरुको करिब १० प्रतिशत हुन आउँछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार हालसम्म प्रदेशमा ६ वटा स्वाव परीक्षण प्रयोगशाला छन् । सेती प्रादेशिक प्रयोगशालामा ७० हजार सात ३ सय ९८ जनाको स्वाव परीक्षण गरिएको छ ।

यस्तैं, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ हजार ४३, डोटी अस्पतालको प्रयोगशालामा ६ हजार नौ सय ४७, बैतडी अस्पतालको प्रयोगशालामा दुई हजार ६ सय ४०, बझाङ अस्पतालको प्रयोगशालामा ५ हजार १ सय ५७ र अछामको कमलबजार प्रयोगशालामा ३ हजार ६ सय ९९ जनाको नमुना परीक्षण भएको छ ।

४७ जना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या ४७ पुगेको छ । यो संख्या प्रदेशमा पुष्टि भएका कुल संक्रमित संख्याको ०.३६ प्रतिशत हुन आउँछ ।
हालसम्म कैलालीमा सबैभन्दा बढी २६ जनाले ज्यान गुमाएका छन् ।

यस्तै कञ्चनपुरमा सात, बझाङमा तीन र डडेल्धुरामा तीन जनाले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु परेको छ । अछाम, बाजुरा र दार्चुलामा दुई–दुई जनाले कोरोनाविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाए । डोटी र बैतडीमा एक–एक जनाको कोरोनाकै कारण ज्यान गएको छ ।

२ हजार ४ सय ७९ जना सक्रिय संक्रमित

सोमबारसम्मको तथ्यांक हेर्दा सुदूरपश्चिम प्रदेशमा दुई हजार ४ सय ७९ जना सक्रिय संक्रमितहरु रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा ६ सय ५०, अछाममा २ सय ९३, बझाङमा ३ सय ६६, डडेल्धुरामा २ सय ८८, दार्चुलामा २ सय ६२ , कञ्चनपुरमा २ सय २४, डोटीमा १ सय ९३, बैतडीमा १ सय १० र बाजुरामा ४६ सक्रिय संक्रमित रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमण फैलिएपछि नौ महिनाको अवधिमा पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ को पाँच प्रतिशत हो

सामाजिक विकास मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा अहिलेसम्म संक्रमित हुनेमध्ये ०.३६ प्रतिशत अर्थात् ४७ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ