२०८३ असोज २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ ‘पुल दरबन्दी’का कर्मचारीलाई आफू खुसी काजमा खटाएकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

‘पुल दरबन्दी’का कर्मचारीलाई आफू खुसी काजमा खटाएकोमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


धनगढी—सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले नर्सिङ अधिकृत पुष्पा जोशीलाई काजमा खटाएको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीस प्रकाशकुमार ढुंगानाको एकल इजलासले सामाजिक विकास मन्त्रालयको नाममा सो आदेश दिएको हो ।

सामाजिक विकास मन्त्रालयले कर्मचारीले बिरामी भएको मेडिकल रिपोर्ट पेश गर्दा समेत जबरजस्ती स्वास्थ्य कार्यालय दार्चुला सरुवा गरेको थियो ।

आफूलाई समायोजन ऐन विपरीत सरुवा गरेको भन्दै उनी सर्वोच्च पुगेकी थिइन् । सर्वोच्च सरुवा आदेश कार्यन्वयन नगर्न समेत भनेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ