२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशलम्कीचुहा नगरपालिकामा डेङगु संक्रमण बढ्दै

लम्कीचुहा नगरपालिकामा डेङगु संक्रमण बढ्दै


धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकामा डेङगुको संक्रमण बढ्दै गइरहेको छ । वर्षायाम मौसममा डेङगुको उच्च जोखिम हुने हुनाले नगरपालिकाले परीक्षण गर्दा संक्रमण बढेको पाइएको हो ।

श्रावण महिनामा ज्वरो आएका बिरामीहरुले लम्कीचुहा अस्पतालमा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटीएको लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि अ.हे.व जयन्ती बि.सि ले बताइन। डेङगु संक्रमण नियन्त्रणको लागि जनप्रतिनिधिसँग अभिमुखिकरण कार्य गरी लार्भा नष्ट अभियान थालिएको र बिहिबार १ सय जनामा परीक्षण गर्दा २२ जनामा डेङगुको संक्रमण भेटीएको सि अ.हे.व बि.सिको भनाइ छ ।

सोही क्षेत्रमा ज्वरो बिरामीलाई परीक्षणका लागि स्वास्थ्य कार्यालयबाट डेमो किटहरु माग गरेको र प्रत्येक दिन सरसफाई तथा लार्भा नष्ट तथा बिषदीहरु छर्किने अभियान संचालनमा रहेको सि अ.हे.व बि.सिले बताइन्।

भाद्र महिनाको ८ गते सम्म थप ४८ जनामा जना गरी हालसम्म ६७ जनामा डेङगु संक्रमण देखिएकाले आवश्यक सहयोगका लागि स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । लम्की चुहा नगरपालिकामा बिहिबार २२ जनामा डेङगु संक्रमण भेटीएकाले हालसम्म ८९ जना डेङगु संक्रमण फेला परेको छ ।

लम्कीचुहा नगरपालिका डेङगु संक्रमणको श्रावण महिनामा डेङगु संक्रमणका बिरामिहरु फेला परेको जानकारी पाउने बेला देखिनै गमला, फोहोरमैलामा लार्भा नष्ट अभियान चलाउन र जनचेतनामुलक कार्यक्रम गर्न अनुरोध गरेको स्वास्थ्य कार्यालय कैलालीका सुचना अधिकारी योगेन्द्र ओझाले जानकारी दिए ।

 उनका अनुसार नगरपालिकामा डेङगु केसहरु भेटिएको स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरी सामाजिक विकास मन्त्रालयलाई बोद्यार्थ पठाइएको र हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

जोखिमयुक्त क्षेत्रमा परीक्षमको दायरा बढाउन टेस्ट किटहरु पठाउने तयारी भएको र जोखिम भएकाहरुलाई बेलैमा पत्ता लगाएर थप जोखिमयुक्त अवस्थाबाट बचाउन लागिपरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ