२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसंसदीय समितिको टोली गेटा मेडिकल कलेजको अनुगमनमा

संसदीय समितिको टोली गेटा मेडिकल कलेजको अनुगमनमा


काठमाडौं—संसदीय समितिको टोलीले कैलालीस्थित प्रस्तावित गेटा मेडिकल कलेजको अनुगमन गरेको छ । आइतबार प्रतिनिधीसभाको शिक्षा तथा स्वास्थ्य समितिको टोलीले गेटा मेडिकल कलेजको अनुगमन गरेको हो ।

जसमा समितिका ७ जना सदस्य, समितिको सचिवालयका २ जना कर्मचारी र आमन्त्रित एक जना सांसद रहेका छन् । अनुगमन टोलीमा योगेशकुमार भट्टराई, अन्जना विशंखे, चित्रलेखा यादव, नवीना लामा, भैरवबहादुर सिंह, मानबहादुर विश्वकर्मा र डा. दीपक भट्ट छन् ।

यस्तै, कैलालीकै सांसद नारदमुनि राना आमन्त्रित सदस्यका रुपमा अनुगमनमा छन् । समिति सचिवालयका विष्णु चौधरी र नारायण बस्नेत पनि अनुगमनमा छन् ।

भौतिक संरचना निर्माण सकिएर पनि कानुन अभावमा सञ्चालनमा आउन नसकेको गेटा मेडिकल कलेज सञ्चालनको बहस पछिल्लो समय तीब्र बनेको छ । यही बीच संसदीय टोली कलेजको अनुगमनमा पुगेको छ ।

टोलीले अनुगमनका साथै कैलालीमा अन्तक्रिया कार्यक्रम समेत गर्नेछ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ