२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीका सामुदायिक विद्यालयमा अध्यनतरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड

धनगढीका सामुदायिक विद्यालयमा अध्यनतरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड


कैलाली—धनगढी उप–महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका छात्राहरुले निःशुल्क सेनिटरी प्याड पाउने भएका छन् । जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन स्वास्थ्य र महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धी कार्यक्रम अन्तर्गत धनगढी उप–महानगरपालिका क्षेत्रका ४५ वटा सामुदायिक विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्न थालेको हो ।

‘विद्यालयमा छात्राहरुले सेनिटरी प्याड निःशुल्क पाउने भएपछि उनीहरुलाई विद्यालय नियमित बनाउँछ,’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘महिनावारी भएका कारण छात्राहरु नियमित विद्यालय नआउने गरेको गुनासो सुनिन्छ ।’

छात्राहरु नियमित विद्यालय आउन थालेपछि विद्यालय छोड्ने दर पनि घट्ने नगरप्रमुख वडले बताए । नगरप्रमुख वडले सबै विद्यालयहरुमा छात्रामैत्री शौचालय निर्माण गर्ने काम भैरहेको बताए ।

कैलालीको गोदावरी नगरपालिकाका शिक्षा महाशाखा प्रमुख वसन्त खत्रीले छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रम निकै प्रभावकारी भएको बताए । उनले भने, ‘यसले छात्रासँगै महिनावारी भएको बेला विद्यालय नआउने शिक्षिकाहरुलाई पनि नियमित बनाउँछ ।’

कार्यक्रममा सहभागीहरुले सामुदायीक विद्यालयसँगै संस्थागत विद्यालयमा पनि छात्राहरुका लागि सेनिटरी प्याडको ब्यबस्था गर्नुपर्ने सुझाव दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ