२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा अस्पताललाई वीर अस्पताल सरह बनाउने स्वास्थ्यमन्त्रीको आश्वासन

डडेल्धुरा अस्पताललाई वीर अस्पताल सरह बनाउने स्वास्थ्यमन्त्रीको आश्वासन


काठमाडौं—स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डडेल्धुरा अस्पताललाई वीर अस्पताल सरह बनाउने कसरतमा रहेको बताएका छन् । सोमबार डडेल्धुरा अस्पताका बारेमा स्वास्थ्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउन गएको सर्वपक्षीय टोलीलाई उनले उक्त आश्वासन दिएका हुन् ।

अहिले २ जना मात्रै विशेषज्ञ चिकित्सक रहेकोले झण्डै अस्पतालका सेवाहरु ठप्प हुने अवस्थामा पुगेका छन् । मन्त्री यादवले अस्पतालमा चाडै १२ जना डाक्टर पठाउने आश्वासन पनि दिएका छन् ।

समायोजनपछि ३९ जना दरबन्दी रहेको डडेल्धुरा अस्पताल झण्डै डाक्टरबिहीन हुने अवस्थामा पुगेको छ । अस्पतालमा २ जनामात्रै डाक्टर बाँकी रहेपछि गत असोज १५ मा डडेल्धुरामा बसेकोे सर्वपक्षीय बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, राजनैतिक दल, बार एसोसियसन, नागरिक समाज, सञ्चारकर्मीलगायत सम्मिलित समिति बनाई अस्पतालमा रिक्त दरबन्दी पूर्ति र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई घच्घचाउने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार सर्वपक्षीय टोली गठन गरी सोमबार संघीय राजधानी पुगेर उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव र स्वास्थ्य जनसंख्या मन्त्रालय काठमाडौंलाई अस्पतालको अवस्थाबारे ध्यानाकर्षण गराउन ज्ञापनपत्र पेश गरिएको हो ।

स्वास्थ्यमन्त्री यादव अस्पतालका विषयमा गम्भीर रहेको टोलीमा सम्मिलित अमरगढी नगर प्रमुख विशेश्वरप्रसाद बताए । ज्ञापनपत्रमा सुदूरपश्चिम महत्वपूर्ण अस्पतालमा चिकित्सक नहुँदा समस्या परेको उल्लेख छ । अस्पतालले प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा सुविधा तत्काल लागु गरी मन्त्रालयबाट विशिष्ट विशेषज्ञ डाक्टर पठाई दुर्गम भेगका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

‘सुदूरपश्चिमको एकमात्र विशेषज्ञ चिकित्सक्सहितको अस्पताल डडेल्धुरा अस्पतालमा कर्मचारी समायोजनपछि पदपूर्ति रिक्त रहेको छ । ३९ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा हाल दुई जनाले मात्रै सेवा दिइरहेका छन् । यसले सुदूरपश्चिमका ७ पहाडी जिल्लाका नागरिकको स्वास्थ्यमा गम्भीर असर परिरहेको अवगत गराउँदछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

२०७१ साउन १ मा तत्कालीन जिल्ला अस्पताल र एचडीसीएस टीम अस्पताललाई गाभी १०० सैय्याको उपक्षेत्रीयमा स्तरोन्नती गरिइको थियो । २०७५ फाल्गुन ३ गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार उपक्षेत्रीय अस्पताललाई विशिष्ट विशेषज्ञसहितको अस्पतालमा स्तरोन्नती गरिएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ