२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविशेषज्ञ चिकित्सकहरुको अभिमुखीकरण : ‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

विशेषज्ञ चिकित्सकहरुको अभिमुखीकरण : ‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित


धनगढी—सुदूरपश्चिम प्रदेशको धनगढीमा फिजिसियन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले सिकलसेल एनिमिया सम्बन्धि चिकित्सकहरुसँग प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गरेको छ ।

शनिबार चिकित्सकको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा थारु समुदायमा बढी देखिएको वंशाणुगत रोग सिकलसेल एनिमिया सम्बन्धि चिकित्सकहरुबीच ज्ञान आदान–प्रदान गर्ने उद्देश्यले धनगढीमा सम्मेलन गरिएको थियो ।

करिब १५० चिकित्सकहरु सहभागी भएको उक्त कार्यक्रममा १६ विषयमा कार्यपत्र प्रस्तुत गरी रोगको निदान तथा उपचारमा सघाउ पु¥याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ ।

पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् ।

सम्मेलनमा विभिन्न विषयका १६ जना विशेषज्ञ चिकित्सकले सिकलसेल एनिमियासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गरेका थिए । डा. जगदीश जोशी, डा. राजन पाण्डेय, डा. खगेन्द्र भट्ट, डा. भुपेन्द्रकुमार बस्नेत, डा.शेरबहादुर कमर, डा. प्रज्ञा गौतम, डा. कपिल गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसैगरी, डा. निरजकुमार सिंह, डा. उत्तम भट्ट, डा. पुष्पराज अवस्थी, डा. योगेश भट्ट, डा. नवीनचन्द्र भट्ट, डा. ओमकार विष्ट र डा. अस्मिता शर्माले पनि कार्यपत्र प्रस्तुत गरे ।

सिकलसेल एनिमियाले बहुअंगमा समस्या गर्ने भएकाले आँखा, हड्डीलगायतका विषय विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गरेका हुन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ