२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले पूर्णता नपाउँदैं सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको कर्मचारी सरुवामा चासो

सरकारले पूर्णता नपाउँदैं सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको कर्मचारी सरुवामा चासो

मन्त्रीबिहीन सामाजिक विकास मन्त्रालयका कर्मचारीहरुको कार्यविधी विपरित सरुवा


धनगढी— सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री कमल शाह नियुक्त भएर विश्वासको मत पाएको एक हप्ता नबित्दै कर्मचारी सरुवा सुरु भएको छ । २६ फागुनमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहले २ जना आयुर्वेद कर्मचारीको सरुवा गरेका छन् ।

प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त प्रमुख डा. खगेन्द्र बमको जिल्ला आयुर्वेद बझाङ सरुवा गरिएको छ । तर, उनले पत्र पाएका छैनन् ।

त्यसैगरी, प्रादेशिक आयुर्वेद चिकित्सालयका कविराज निरीक्षक गजेन्द्रप्रसाद कुशवाहको महाकाली आयुर्वेद औषधालय कन्चनपुर सरुवा गरिएको छ । कुशवाह कन्चनपुर गइसकेका छन् ।

प्रदेश सरकारको कार्यविधि विपरित मुख्यमन्त्री कार्यलय नै सक्रिय भएर मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा सुरु गरेको हो । प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी कार्यविधि, २०७७ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्येक वर्षको श्रावण १ देखि मसान्तसम्म र मन्त्रालयले भाद्र १ देखि भाद्र मसान्तसम्म कर्मचारीको सरुवा तालिका व्यवस्था गरिएको छ ।

तर, प्रदेश सरकारले पूर्णता नपाउँदैं मुख्य मन्त्री कार्यलय सक्रिय भएर विभागीय मन्त्री नपाएका मन्त्रालयका कर्मचारी सरुवा गर्न थालेको हो । सामाजिक विकास मन्त्रालय मन्त्रीबिहीन रहेकै बेला मुख्यमन्त्रीकै हस्तक्षेपमा मन्त्रालय मातहत रहेका प्रादेशिक आयुर्वेद औषधालयका कर्मचारीलाई सरुवा गरिएको हो ।


तत्कालीन सामाजिक विकास मन्त्री गोविन्द बोहरा मन्त्री हुँदा प्रादेशिक आयुर्वेद चिकित्सालयको व्यवस्थापन समितिको अध्यक्षमा नेपाली कांग्रेस नजिकका नरेश विष्ट अध्यक्ष नियुक्त भएका थिए । प्रदेश सरकारले गत भाद्र मसान्तमा सरुवा गरिएका केही कर्मचारीले हालसम्म पनि रमाना पत्र लिएका छैनन् । अन्य कर्मचारीहरुको सरुवाका लागि पनि मुख्यमन्त्री कार्यालयले सामाजिक विकास मन्त्रालयलाई दबाब दिदैं आएको छ ।

मंसिरमा सम्पन्न निर्वाचनपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासको मत नपाएपछि प्रदेश प्रमुखलाई राजीनामा बुझाए । दोस्रो ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाह २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको एक महिना बढी बितिसक्दा पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले सरकार विस्तार गर्न सकेका छैनन् । २७ गते मुख्यमन्त्री शाहसँगै भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसकै प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही नियुक्त भए । त्यसपछि अहिलेसम्म अन्य मन्त्रालयहरू मन्त्रीविहीन छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ