२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्थापनाको ६० वर्षपछि महाकाली अस्पतालमा डायलाइसिस सेवा सुरु

स्थापनाको ६० वर्षपछि महाकाली अस्पतालमा डायलाइसिस सेवा सुरु


धनगढी—महाकाली अस्पतालले मिर्गौला डायलाइसिस सेवा सुरु गरेको छ । अस्पताल स्थापनाको ६ दशकपछि मिर्गौलाका बिरामीका लागि डायलाइसिस सेवा सञ्चालन गरेको हो ।

डायलाइसिस सेवा अहिले परीक्षणमा रहेको अस्पतालले जनाएको छ । सूचीकृत हुने बितिकै अस्पतालले पूर्ण क्षमतामा डाइलाइसीस सेवा सुरु गर्नेछ । सूचीकृत भएपश्चात विपन्न नागरिकसँगै स्वास्थ्य बिमाबाट समेत सेवा लिन सकिने अस्पतालले जनाएको छ ।

गत शुक्रबार स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलाइसिस सेवाको निरीक्षण गरेकोे छ । । स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा.खगेश्वर गोलाल, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा.जगदीश जोशी, वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. जुजुराम श्रेष्ठ र नर्सिङ अधिकृत करुणा तिमिल्सिनाले सञ्चालनको तयारीमा रहेको डायलाइसिस सेवाको निरीक्षण गरेका हुन् ।

महाकाली अस्पताललाई संघीय सरकारले डायलाइसिस सेवा सुरु गर्न गत आर्थिक बर्षमा बजेट उपलब्ध गराएको थियो । अस्पतालले १ करोड ४ लाखमा ५ वटा डायलाइसिस मेसिन गरी सेवा सुचारु गरेको अस्पतालका अध्यक्ष कुष्णानन्द भट्टले जानकारी दिए ।

‘मेसिनअनुरूप बेड राखेर सेवा डायलाइसिस सेवा सञ्चालन गरेका छौं,’ उनले भने, ‘सेवा सुचारुका लागि सबै तयारी पूरा भएको अनुमति पाउन मात्रै बाँकी हो ।’ विभागको टोली आएर अनुगमन गरी २०–२५ दिनमा सूचीकृत हुने आश्वासन दिएको अध्यक्ष भट्टले बताए ।

अस्पतालमा अहिले दैनिक ३–४ जना मिर्गौला बिरामीको डायलाइसिस गरीरहेको भट्टले जानकारी दए । बिरामीहरु बढिरहेकाले केही दिनमै २ सिफ्टमा सेवा संचालन गरिने अस्पतालल जनाएको छ । अस्पताल प्रशासनकाअनुसार डायलाइसिस सेवाका केही कर्मचारीलाई तालिमका लागि पठाइएको छ । यसअघि बजेट अभाव र स्वास्थ्य सेवा विभागले डायलाइसिस सञ्चालनको अनुमति नदिंदा सेवा सञ्चालन हुन सकेको थिएन ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ