२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमालाखेती अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : २४ घण्टा बित्दा पनि शव उठेन

मालाखेती अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : २४ घण्टा बित्दा पनि शव उठेन

स्थानीय आन्दोलित


धनगढी—कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पतालमा नवजात शिशुसहित सुत्केरी महिलाको मृत्यु भएको २४ घण्टा बितिसक्दा पनि शव उठेको छैन । सोमबार दिउँसो ११ बजेतिर मृत्यु भएकी गोदावरी नगरपालिका-२ कडायत टोलकी लक्ष्मी भट्टराई र उनको नवजात शिशुको शव अहिलेसम्म पनि उठ्न नसकेको हो ।

अस्पताल प्रशासनसँग छलफल भएपनि छलफल बमोजिमका मागहरु पूरा नभएको भन्दैं पीडित पक्षले शव उठाएको छैन । मृतकका श्रीमान शिवराज भट्टराईले सोमबार रातिको छलफलमा मंगलबार बिहान ८ बजेतिर छानविन समिति गठन गर्ने भनिएपनि हालसम्म पनि कुनै पहलकदमी नभएकाले शव उठाउन नदिएको बताए ।

उनले अस्पतालमा शिशु र आमाको शव राखिएको भएपनि अस्पताल प्रशासन भने अस्पतालमै नआएको बताए । ‘अस्पतालमा शव राखेका छौं । यहाँ कोही पनि आउनुभएको छैन्,’ उनले भने, ‘यत्रो घटना भएपनि अस्पताल प्रशासनको मान्छे अस्पतालमा उपस्थित भएका छैनन् ।’

उनले अस्पतालकै लापरवाहीका कारण श्रीमतीको मृत्यु भएको आरोप लगाए । ‘लापरवाही गर्नेलाई छानविन गर्ने भनिएको अहिलेसम्म कुनै सुनुवाई भएको छैन’ उनले भने ‘प्रकृति हेर्दा अस्पतालकै लापरवाही देखिएको छ ।’ उनले आफूहरुले सोमबारदेखि विभिन्न मागहरु राखेपनि अस्पताल प्रशासनले भने सुनुवाई नै नगरेको बताए ।

अस्पताल प्रशासनले अटेरी गरेको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्दै पीडितलाई क्षतिपूर्तिको माग गरेका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ