२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती प्रादेशिक अस्पतालमा माइक्रोबायोलोजी ल्याब स्थापना

सेती प्रादेशिक अस्पतालमा माइक्रोबायोलोजी ल्याब स्थापना


धनगढी—राजधानी काठमाडौंभन्दा बाहिर पहिलो पटक सेती प्रादेशिक अस्पतालमा माइक्रोबायोलोजी प्रयोगशाला स्थापना भएको छ । आइतबार विभिन्न दातृ निकायको सहयोगमा प्रयोगशाला स्थापना गरिएको प्रयोगशालाको उद्घाटन गरिएको हो ।

उद्घाटनपछि नवनिर्मित प्रयोगशाला सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमकाबीच दातृ निकायका प्रतिनिधिसहितको उपस्थितीमा जीएनआई नेपालकी कन्ट्री डाइरेक्टर जाइ कौन राहो र सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सेति प्रादेशिक अस्पतलमा रहेको भवनको जिर्णेदार गरी प्रयोगशाला स्थापना गर्नको लागि कोइका, इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्युट, ग्लोबल डिजिज इरेडिकेसन फण्ड, गुड नाइबर इन्टरनेशनल, फाया नेपाललगायतका दातृ निकायले सहयोग गरेका छन् ।

उक्त प्रयोगशालाको उपकरणको लागि युके एड, फेलमिङ फण्ड, मोटो म्याकडोनाल्ड, एफएचआई३६० ले सहयोग गरेका छन् । सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको उक्त माइक्रोबायोलोजी प्रयोगशालामा सबै माइक्रोबायोलोजी परीक्षणको लागि कल्चर गरिने अस्पताल प्रयोगशाला विभाग प्रमुख रमेश शाहीले बताए । आईभीआई परियोजनामार्फत २ जना दक्ष जनशक्तिसमेत प्रयोगशालालाई प्रदान गरिएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ