२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरा अस्पतालले भन्यो, ‘डा. केसीको अवस्था बिग्रियो, सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक’

डडेल्धुरा अस्पतालले भन्यो, ‘डा. केसीको अवस्था बिग्रियो, सुरक्षित स्थानमा स्थानान्तरण आवश्यक’


धनगढी-चिकित्सा शिक्षा सुधारको माग गर्दै ७ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदैं गएको छ। आइतबार डडेल्धुरा अस्पतालले विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएकोले अन्यत्र लैजान अपिल गरिएको छ।

डाक्टर केसीको ब्लड प्रेसर घट्न लागेको, मुटुको चाल बढेको, रगतमा अक्सिजनको मात्रा घटेको, मिर्गौलामा समस्या देखिएको र शारिरीक अवस्था पनि कमजोर बन्दै गएकोले उनलाई सुरक्षित स्थानमा लैजान डडेल्धुरा अस्पतालले अपिल गरेको हो ।

अस्पतालमा आईसियु, एविजी सेवा नरहेको र दक्ष जनशक्तिको अभाव भएकोले अन्यत्र लैजान अपिल गरिएको डडेल्धुरा अस्पतालका मेसु डा. जितेन्द्र कडेलले बताए। डडेल्धुरा अस्पतालबाट कुनै पनि किसिमको जटिलता व्यवस्थापन गर्न सकिने अवस्था नरहेको समेत कँडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

डाक्टर केसीले जिल्ला सदरमुकाम स्थित डडेल्धुरा अस्पतालबाट झण्डै एक सय मिटरको दूरीमा सञ्चालनमा रहेको निर्मल क्लिनिकको तेस्रो तलाको एउटा चिसो कोठामा सोमबारदेखि आफ्नो १७ औँ सत्याग्रह सुरु गरेका थिए । डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ