२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. केसीलाई काठमाडौं ल्याउने तयारी, स्थानीयको विरोधकाबीच हेलिकोप्टर डडेल्धुरामा

डा. केसीलाई काठमाडौं ल्याउने तयारी, स्थानीयको विरोधकाबीच हेलिकोप्टर डडेल्धुरामा


धनगढी-चिकित्सा शिक्षा सुधारलगायतका माग राखी ८ दिनदेखि डडेल्धुरामा अनशनरत डा. गोविन्द केसीलाई जबरजस्ती काठमाडौं ल्याउनका लागि हेलिकप्टर डडेल्धुरा पुगेको छ ।  डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सोमबार उनलाई काठमाडौं ल्याउन हेलिकप्टर डडेल्धुरा पुगेको हो ।

तर, डा. केसी सरकारले सहमति नगरेसम्म  आफू काठमाडौं नजाने अडानमा छन् । स्थानीयले पनि सरकारले डा. केसीसँग सहमति गरेर माग पूरा नगरेसम्म  काठमाडौं लैजान नदिने भन्दै विरोध गरिरहेका छन्  ।

सरकारले काठमाडाैं ल्याउन हेलिकप्टर पठाएपछि सोमबार डडेलधुराको नागरिक समाजले विरोध प्रदर्शन गरिरहेको छ । स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका हुन्।

उनीहरूले ७ जिल्लाको सरकारी गाडी बन्द समेत गरेका छन्। डा. केसी रहेको डडेल्धुरा अस्पतालले आइतबार नै आवश्वयक अपचारका सामग्री नभएको भन्दैं थप उपचारका लागि अन्यत्र लैजान भनेको थियो ।

डा. केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि पहल भैरहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ