२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशदर्जन बढी आरोपसहित सेती प्रादेशिक अस्पतालका मेसु डा.पाण्डेय विरुद्ध अख्तियारमा उजुरी

दर्जन बढी आरोपसहित सेती प्रादेशिक अस्पतालका मेसु डा.पाण्डेय विरुद्ध अख्तियारमा उजुरी


धनगढी–सेती प्रादेशिक अस्पताल, धनगढीका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बुधबार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय, कञ्चनपुरमा कानुन विपरित र अनियमित काम गरेको भन्दै छानविनसहित कार्वाहीको माग गर्दै उजुरी परेको हो ।

उजुरीमा मेसु डा. पाण्डेयसहित लेखा अधिकृत मदनसिंह महराको नाम उल्लेख गरिएको छ । दुवै जनाको मिलेमतोमा अस्पतालको साख घटाउने गरी विभिन्न गतिविधिहरु संचालन गरेको भन्दै धनगढी उपमहानगरपालिकाका जयराज अवस्थीले उजुरी हालेका हुन् । उनले अख्तियारलाई छानविनसहित कार्वाहीको माग गर्दै लिखित उजुरी दिएका हुन् ।

उजुरीमा धनगढी बाहिरका डा. पर्याप्त आवास नहुँदा भाडामा बस्नु परेको अवस्थामा मेसु पाण्डेयले सरकारी आवासमा ताला लगाई आफू निजी निवासमा बस्ने गरेको, मनपरी ढंगले आवास वितरण गर्ने गरेको, अस्पताल हाताभित्र सञ्चालनमा रहेका निजी मेडिकलहरुलाई हटाउन पटक–पटक ताकेता हुँदासमेत आर्थिक प्रलोभनका कारण नहटाएको, आर्थिक अनियमितालगायतका विभिन्न गम्भीर आरोप उल्लेख गरिएको छ ।

मेसु डा. पाण्डेयले अस्पलात सुदृढीकरण निर्देशिका–२०७६ विपरित एकलौटी रुपमा आफ्ना नातेदार तथा नजिकका मान्छेहरुलाई चिकीत्सकलगायतका कर्मचारी भर्ना गरेको समेत उल्लेख छ । निर्देशिकामा स्पष्ट रुपमा कर्मचारी नियुक्त गर्दा अस्पताल विकास समितीको निर्णय बमोजिम गर्नुपर्ने उल्लेख गरिएको छ ।

डा.पाण्डेयले आमा सुरक्षा कार्यक्रममा समेत खुला प्रतिस्पर्धा नगराई आफ्नी भाइ बुहारी जानकी पाण्डेय र लेखा अधिकृत महराकी सालीलाई नियुक्त गरेको आरोप लागेको छ ।

अस्पतालको महत्वपूर्ण जिम्मेवारीमा भ्रष्टाचारको आरोप लागि ७ वर्ष निलम्बलमा परेका तथा अपहरणको नाटक गरी आफन्तबाटै १५ लाख रकम फिरौती मागेका जगत सिंहलाई महत्वपूर्ण फाँट स्टोरको जिम्मा दिइएको आरोप समेत उजुरीमा उल्लेख गरिएको छ ।

डा. पाण्डेयले सुची दर्ता बिना नै छपाई, मसलन्द तथा अन्य सामानहरु खरिद गर्ने गरेको, कपडा धुलाई गर्ने लाखौका मेसिनहरु थन्कायर धोवीसँगको मिलेमतोमा बाहिरबाट काम गराउने गरेको उजुरीमा उल्लेख गरिएको छ । मेसु डा. पाण्डेयलाई रंगरोगन तथा मर्मतका नाममा करौडौ रकम हिनामिना गरिएको समेत उजुरीमा उल्लेख छ ।

स्रोतका अनुसार समायोजनमा गइसकेका कर्मचारीलाई समेत अस्पतालमै रोक्न सिफारिस गर्ने गरेका मेसु पाण्डेयले अस्पताललाई भन्दा आफ्नो निजी मेडिकललाई बढी प्राथमिकता दिने गरेको आरोप लाग्ने गरेको छ ।

विगत लामो समयदेखि मेसु पाण्डेय अस्पतालको ओ.पी.डी विभाग र राउन्डिङमा बिरामी हेर्न गएका छैनन् । अस्पतालको प्रमुखजस्तो जिम्मेवारीमा रहेका डा.पाण्डेयले अस्पलातको सेवा सुधारको लागि पहल गर्नुको सट्टा आफै अस्पतालको समय मै प्राइभेट मेडिकलमा विरामी जाच्ने गरेको भन्दै पटक–पटक उनको चर्को आलोचना हुने गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ