२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन

सुदूरपश्चिममा स्वास्थ्यतर्फको रिक्त दरबन्दी पदपूर्ति गरिदैं, ३० जनाभन्दा बढीको पदस्थापन


धनगढी—सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको स्वास्थ्यको दरबन्दी पदपूर्ति सुरु भएको छ । विशेषज्ञ चिकित्सकसहितको दरबन्दी प्रदेश लोक सेवामार्फत पदपूर्ति भइरहेको छ ।

प्रदेश लोकसेवाले ९ औं तहमा विशेषज्ञ चिकित्सक र जनस्वास्थ्य प्रशासक परीक्षा र अन्तर्वार्तापछि सिफारिस गरेको छ । बाल रोग विशेषज्ञमा तीन जना, कन्सल्ट्यान्ट सर्जनमा दुई जना, कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिष्टमा दुई जना, मेडिकल सुपरिडेन्टेन्टमा दुई जना, जनरल फिजिसियनमा एक जना र कन्सल्ट्यान्ट प्याथोलोजिष्टमा एक जना सिफारिस भएका छन्।

आठौं तहको मेडिकल अधिकृतमा अधिकृतमा २२ जना, आयुर्वेद चिकित्सकमा छ जना र डेन्टल सर्जनमा दुई जनालाई सिफारिस गरेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले आठौं तहका मेडिकल अधिकृत, आयुर्वेद चिकित्सक र डेन्टल सर्जनलाई पदस्थापन गरेको छ ।

प्रदेश लोकसेवा आयोगले सिफारिस गरेका चिकित्सकलाई प्रदेशका विभिन्न अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्रसँगै स्वास्थ्य निर्देशनालयमा पदस्थापन गरिएको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ