२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडोटीमा तीन दिने ‘गाँउघरमा चिकित्सक कार्यक्रम’ सम्पन्न

डोटीमा तीन दिने ‘गाँउघरमा चिकित्सक कार्यक्रम’ सम्पन्न


सिलगढी-डोटीमा तीन दिने ‘गाँउघरमा चिकित्सक कार्यक्रम’ सम्पन्न भएको छ । उक्त कार्यक्रम जिल्लाको पूर्वी चौकी गाँउपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिका गरी ३ वटा स्थानीय तहमा आयोजना गरिएको थियो ।

चिकित्सक कार्यक्रमबाट २ हजार ४ सय ६१ जना सेवाग्राही लाभान्वित भएका छन् । तीनवटै स्थानीय तह र स्वास्थ्य कार्यालय डोटीको आयोजनामा सञ्चालित शिविरमा एक हजार बिरामीले चेकजाँच गरेका छन् ।

त्यस्तै २ सय ६९ जनाले जनाले भिडियो एक्सरे सेवा, ४९ जनाले इसीजी सेवा, २ सय २ जनाले प्रयोगशालाको सेवा र ८ सय ७९ जनाले औषधि सेवा लिएको स्वास्थ्य कार्यालय डोटीका फोकल पर्सन सुर्य विष्टले जानकारी दिएका छन् ।

शिविरमा ४९ जनाले पथरीको परामर्श सेवा लिएको उनले बताए । जिल्ला सदरमुकामको स्वास्थ्य सेवा गाँउघरमै सञ्चालन भएपछि सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । चिकित्सक नभएको दुर्गम स्थानमा स्वास्थ्य सेवा पुर्याउने तथा लुकेर रहेका रोग पत्ता लगाई बिरामीहरुलाई परामर्श दिने कार्यक्रमको उद्धेश्य रहेको विष्टले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ