२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशजेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा शिविर

जेष्ठ नागरिकहरुका लागि निःशुल्क आँखा शिविर


धनगढी—कैलालीको गोदावरी नगरपालिका—१० मा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । धनगढी नेत्रालय, फाया नेपाल, च्यारिटी हेल्थ फाउण्डेशन नेपाल र गोदावरी नगरपालिका—१० वडा कार्यालयको संयुक्त रुपमा शिविरको आयोजना गरेकोे हो ।

वडामा भएका जेष्ठ नागरिकहरुलाई मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा २ सय ३१ जना सेवाग्राहीले सेवा लिएको वडाध्यक्ष रविन्द्र शाही (गुड्डु)ले बताए । विगत २ वर्षदेखि वडाका सम्पूर्ण वडावासीहरुका लागि शिविर आयोजना गरिएको भएपनि जेष्ठ नागरिकहरुलाई विशेष महत्वमा राखी यो पटक शिविर आयोजना गरिएको उनले बताए ।

‘आँखाका रोगी जेष्ठ नागरिकहरु उपचारका लागि बाहिर जान सक्दैनन् र उनीहरुलाई बजारको बारेमा त्यति ज्ञान पनि हुँदैन्,’ वडाध्यक्ष शाहीले भने, ‘वडामा आयोजना भएको शिविरमा आँखा चेकजाँच मात्र नभई ब्लडप्रेसर, सुगरलगायतको पनि चेकजाँच भइरहेको छ ।’

शिविरमा सहभागीमध्ये ३३ जनालाई मोतीयाबिन्दुको समस्या देखिएकाले उनीहरुलाई धनगढी नेत्रालयमा निःशुल्क अप्रेशनको लागि पठाइएको उनले बताए । यसैगरी शिविरमा १ सय ५० जनालाई चस्मा वितरण गरिएको र करिब १५ हजार बराबरको औषधी वितरण गरिएको वडाध्यक्ष शाहीले बताए ।

जेष्ठ नागरिक घरमै शिविर आउँदा र सेवा लिन पाउँदा खुसी भएका छन् । शिविरमा सहभागी बिरामीहरुको धनगढी नेत्रालयका नेत्र चिकित्सकहरुले चेक जाँच गरेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ