२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमालाखेती अस्पतालबाट ४८ जना एचआईभी संक्रमितले नियमित एआरटी सेवा लिदैं

मालाखेती अस्पतालबाट ४८ जना एचआईभी संक्रमितले नियमित एआरटी सेवा लिदैं


धनगढी—कैलालीको गोदावरी नगरपालिका—३ मा रहेको मालाखेती अस्पतालबाट हाल ४८ जना एचआईभी संक्रमितले नियमित एआरटी सेवा लिइरहेका छन् । गोदावरी नगरपालिकाभित्र रहेका एचआईभी संक्रमितलाई निःशुल्क औषधी तथा स्वास्थ्य परामर्श दिन मालाखेती अस्पतालमा दुई वर्षअघि सञ्चालनमा आएको एआरटी सेन्टरबाट एचआइभी संक्रमित ४८ जनाले नियमित रुपमा एआरटी सेवा लिइरहेका हुन् ।

मालाखेती अस्पतालको एआरटी सेन्टरका एआरटी काउन्सलर राजेन्द्र मल्लका अनुसार गोदावरी नगरपालिकामा मात्रै २ सय ९५ जनाको हाराहारीमा एचआईभी संक्रमित रहेका छन् । तीमध्ये बढीजसोले सेती प्रादेशिक अस्पताल धनगढीबाट सेवा लिइरहेको काउन्सलर मल्लले बताए । मालाखेती अस्पतालमा २०७४ साल माघ महिनामा स्थापना भएको एआरटी सेन्टरले २०७५ बैशाखदेखि सेवा दिन सुरु गरेको उनले बताए । उनले स्थापना भएदेखि हालसम्म ५५ जनाले सेवा लिदैं आएकोमा २ जनाको मृत्यु भएको बताए ।

एचआईभीसँगै अन्य विभिन्न रोगले च्यापेर अन्तिम अवस्थामा पुगेकाले ती दुईजनाको मृत्यु भएको उनले बताए । ‘लास्ट स्टेजमा सेवा लिन आए, क्षयरोग पनि लगेको रहेछ,’ काउन्सलर मल्लले भने, ‘विभिन्न रोगहरुले सँगै च्यापेपछि यहाँबाट अहिलेसम्म सेवा लिन मध्ये यिनै २ जनाको मृत्यु भएको हो ।’

बाँकीले भने औषधि सेवन गर्दागर्दैै भारततिर गएको उनले बताए । उनले अहिले एआरटी सेवा लिरहेका ४८ जना सबैको अवस्था सामान्य रहेको बताए । सेवा सुरु भएदेखि सकारात्मक प्रभाव परिरहेको र उनीहरुमा सामान्य मानिस सरह जीवनयापन गर्न सक्छन् भन्ने चेतनामा थोरै भएपनि नयाँ सोच आएकोजस्तो आफूले पाएको उनको भनाइ छ ।

असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको बच्चा, संक्रमितले प्रयोग गरेको सुई तथा संक्रमित व्यक्तिको रगत अर्कोको व्यक्तिमा पर्न जानुलगायतका कारणले एचआईभी संक्रमण हुन सक्ने भन्दै उनले यसबाट स्वयं व्यक्तिले आफू नै सचेत हुनुपर्ने सुझाव दिएका छन् ।

प्रयोशालामा आवश्यक पर्ने केमिकल नहुँदा समस्या

मालाखेती अस्पतालमा प्रयोगशालामा आवश्यक पर्ने केमिकल नहुँदा समस्या हुने गरेको एआरटी सेन्टरका एआरटी काउन्सलर मल्लले बताए । रगत जाँच गर्न प्रयोग हुने ‘रिएजेन्ट’ केमिकल अभाव भएपछि एचआईभी संक्रमित बिरामीहरु मर्कामा परेका छन् ।

रगत जाँच गर्न नभई नहुने ‘रिएजेन्ट’ नामक केमिकल अभाव भएपछि अस्पतालमा रगत जाँच सेवा प्रभावित भएको हो । एआरटी सेवा लिइरहेकाहरुको हरेक ३/३ महिनामा रुटिङ टेष्ट गर्नुपर्ने भएपनि ‘रिएजेन्ट’ केमिकल नहुँदा समस्या भैरहेको उनले बताए ।

रगत जाँच गर्ने मेसिनका लागि आवश्यक ‘रिएजेन्ट’ केमिकल अभाव भएपछि बिरामीलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउने गरिएको मल्लले बताए ।
‘एचआईभी भएको शंका लागेर चेकजाँचका लागि अस्पतालमा कोही बिरामीहरु आएमा हामीले अहिले प्रथम चरणमा रोगको डिटरमाइन्ड परीक्षण मात्रै गर्छौ । त्यो पोजेटिभ भेटिएमा त्यसलाई प्रमाणित गन गर्नुप¥यो नि ?’ उनले भने, ‘त्यसपछि दोस्रो चरणमा युनिगोल्ड र स्टाटप्याक परीक्षण गर्नका लागि धनगढीमा पठाउने गरेका छौं ।’

तिनै चरणको परिक्षण गरेर मात्र एचआइभी भएको प्रमाणित हुने भएकोमा बाकिँ चरणको परिक्षण भने मालाखेती अस्पतामा नहुने उनले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ