२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट थन्कियो

सेती अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट थन्कियो


कैलाली-धनगढीको सेती प्रादेशिक अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौदेखि थन्किएको छ । प्रदेशको सामाजिका विकास मन्त्रलायको एक करोड ७४ लाख बजेटमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौदेखि थन्किएको हो।

सुरुमा महिनौसम्म आपूर्तिकर्ताले अन्यत्रै थन्काएको अक्सिजन उत्पादन गर्ने मेसिन अर्थात अक्सिजन जेनेरेटर प्लान्ट अहिले सेती प्रादेशिक अस्पतालमा थन्काइएको छ।

टेण्डर कमिसनको चलखेलमा धनगढीको डिबी मेडिसिनलाई दिन खोजिएको भन्दै सुरुवातदेखि नै खरिद प्रक्रिया विवाददित बनेकोमा अहिले उपकरण खरिद गरेको महिनौ भइसक्दा समेत सञ्चालनका लागि कुनै प्रक्रिया अगाडि बढ्न नसकेको हो । अस्पतालले उपकरण एउटा कोठामा राखिएको बताएको छ भने आपूर्तिकर्ताले भने जडान भइसकेको दावी गरेको छ । धनगढी आएका आपूर्तिकर्ताका इन्जिनियर सुशीलकुमार सिंहले अक्सिजन प्लान्ट जडान भइसकेको बताए।

यता अस्पतालका मेसु डा. हेमराज पाण्डेयले भने उपकरण एउटा कोठामा मात्रै राखिएको बताए । अहिले अक्सिजन प्लान्ट सञ्चालनका लागि मन्त्रालयसँग कुनै समन्वय हुन सकेको छैन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जडानका क्रममा भोल्टेजको समस्या देखिएको बताउँदैं छिट्टै जडान गरी सञ्चालनमा ल्याउने तयारी रहेको बताए।

अक्सिजन प्लान्ट खरिदको प्रक्रिया गत आर्थिक वर्षदेखि नै सुरु भएपनि खरिद्का क्रममा चाहेको आपूर्तिकर्तालाई दिने चलखेल भएको भन्दै सर्वाेच्चमा उजुरी परेको थियो । सर्वोच्चको मुद्धा किनारा नलागेपनि उपकरण खरिद गर्दै लामो समयदेखि थन्काइएको हो ।

सेती अस्पतालले अक्सिजन प्लान्ट नहुँदा सिलिण्डर खरिदमै वर्षेनी ५० देखि ६० लाख खर्च गर्दै आएको छ। अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको चाप अत्याधिक भएका बेला एक दिनमै २५ देखि ३० हजारसम्मको अक्सिजन आवश्यक पर्ने गरेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ