२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमाघ २५ देखि कञ्चनपुरमा हात्ती पाइलेको औषधी वितरण हुने

माघ २५ देखि कञ्चनपुरमा हात्ती पाइलेको औषधी वितरण हुने


महेन्द्रनगर-आगामी माघ २५ गतेदेखि कञ्चनपुरमा आठौं चरणको औषधी सेवन अभियान सुरु हुने भएको छ । जिल्लाका सबै स्थानीय तहमा हात्ती पाइलेको औषधी सेवन अभियान सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

औषधी सेवनका लागि स्वास्थ्य स्वयंसेविकाले घरघरमा गएर औषधी सेवन गराउने तयारी छ । करिब ३ लाख ८० हजार नागरिकलाई औषधी सेवन गराउने लक्ष्य लिएको छ ।

उनले जिल्लामा करिब तीन सय बढी स्वाथ्य स्वयमंसेविका र स्वाथ्यकर्मी परिचालन हुने बताए । २०६९ सालदेखि सुदूरपश्चिम प्रदेशमा हात्ती पाइले विरुद्धको औषधी खुवाउने अभियान सुरु गरिएको थियो ।

कञ्चनपुरमा आठौं चरणको औषधी सेवन अभियानसम्म आइपुग्दा हात्ती पाइले रोगको संक्रमणमा कमी देखिएको प्रमुख सुनारले बताए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकामा सर्वेक्षण गर्दा ६ सय जनामा ६ जना मात्रै संक्रमण देखिएकाले विगतको तुलनामा कमी आएको उक्त सर्वेक्षणबाट देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

गत वर्षको सर्वेक्षणमा कृष्णपुरमा १.९७ प्रतिशत र बेलौरीमा ५.१९ प्रतिशत व्यक्तिमा हात्ती पाइले रोग भेटिएको थियो । २०२० सम्ममा हात्ती पाइले निर्मुल गर्ने लक्ष्य लिएपनि शिक्षित वर्गले नै औषधी सेवन नगरिदिदा रोग निवारणमा चुनौती थपिएको स्वास्थ्य कार्यायल कञ्चनपुरले जनाएको छ

‘शिक्षित वर्गले नै औषधी सेवन नगरिदिदा अन्य व्याक्तिले पनि औषधी सेवन गर्न मान्दैनन्,’ स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, ‘गलत सूचना र अफवाह फैलिएका कारण चुनौती थपिएको छ ।’

विगतका वर्षहरुमा औषधी सेवन गरेपछि बिरामी पर्नेजस्ता अफवाह फैलिएकै कारण धेरै शिक्षित नागरिकले समेत औषधी सेवन नगरेको औषधी सेवन अभियान प्रभावकारी नभएको उनले बताए ।

‘हात्ती पाइले संक्रमित व्यक्तिले औषधी सेवन गर्दा सामान्य बिरामी भएको महसुस हुनसक्छ यो सकारात्मक पक्ष हो,’ उनले भने, ‘हात्ती पाइले औषधी ६ पटक सम्म सेवन गरेमात्रै निर्मुल हुनसक्छ ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ