२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशभीमदत्तमा स्वास्थ्य शिविरबाट २ हजार बढी वासिन्दा लाभावान्तित

भीमदत्तमा स्वास्थ्य शिविरबाट २ हजार बढी वासिन्दा लाभावान्तित


भीमदत्त नगरपालिकाको मेयर गाउँघर स्वास्थ्य शिविर कार्यक्रमबाट दुई हजार वासिन्दा लाभावान्तित भएका छन् । भीमदत्त नगरपालिकाको ४२ वर्ष प्रथम स्थापना दिवसको अवसरमा माघ २ गतेदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

ब्रह्मदेब खल्लाबाट शुरु गरिएको शिविर नगरपालिकाका विभिन्न वडाका १० स्थानमा सञ्चालन गरिएको हो । शिविरबाट दुई हजार ४४ वासिन्दाले स्वास्थ्य सेवा लिएका छन् । यसैगरी ४ सय ३७ जनालाई प्रयोगशाला सेवा र १ सय ५४ जनालाई सुरक्षित मातृत्व परिवार नियोजन सेवा लिएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले माघ २ गते खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा शिविर औपचारिक रुपमा उद्घाटन गरेका थिए । खल्लामा पहिलो दिन शिविरबाट १ सय २ जनाले सेवा पाए । वडा नं. ९ को महाकाली आधारभूत विद्यालय तुमडानीमा २ सय २१, बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालय मटैनामा २ सय ७६, वडा नं. १० को युवा वर्ष माध्यमिक विद्यालय तिल्केनीमा ३ सय १० र वडा नं. १ जेसिस माध्यमिक विद्यालय राजीपुरमा १ सय ८५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

भीनपा ५ स्थित कालिका आधारभूत विद्यालयमा शिविरबाट २ सय १, भीनपा ७ बालजागृति आधारभूत विद्यालय ३ सय २, भीनपा १२ ऐरी वि.पि. आधारभूत विद्यालय १सय १६, भीनपा १३ बैजनाथ विद्या निकेतन १ सय ५५ र भीनपा १९ बागफाँटाको पञ्चकृत माध्यमिक विद्यालयमा १ सय ७६ स्थानीयले सेवा पाए ।

शिविर स्वास्थ्य जाँच गरिएका स्थानीयलाई औषधि समेत वितरण गरिएको छ । शिविरमा स्वास्थ्य जाँच, परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, मातृ शिशु, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान गरिएका छन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले संवैधानिक व्यवस्था अनुसार नगर वासिन्दाको स्वास्थ्य अधिकार ग्यारेन्टीका लागि शिविर सञ्चालन गरिएको बताए ।

‘संविधानमा नै स्वास्थ्यलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको छ, भीमदत्त नगरपालिका संविधानको व्यवस्था अनुसार सबै नगर वासिन्दासम्म स्वास्थ्य सेवा पुगाउन चाहन्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ त्यसअनुसार सबै वासिन्दालाई सेवा पुगाउन शिविर कार्यक्रम सञ्चालन गरिएको छ, नगरका सबै वासिन्दालाई पुग्ने गरी सबै वडामा शिविर चलाउँछौ ।’

भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उप शाखा प्रमुख जनस्वास्थ्य अधिकृत नरेन्द्र राज जोशीले शिविरमा चिकित्सकहरुले स्वास्थ्य जाँचमा सहयोग गरेको जानाए । महाकाली अस्पतालका चिकित्सक धिरज जोशी र गोविन्द रोकाया लगायतले शिविरमा सहयोग गरेका छन्।

स्वास्थ्य तथा सरसफाई उपशाखाका अनुसार माघ ४ गते भीनपा ९ को तुमडानी, ५ गते भीनपा ९ कै मटेना, ९ गते तिल्केनी, १० गते राजीपुर, ११ गते ऐठपुर, १४ गते हल्दुखाल, १५ गते ओदाली, १६ गते पिपरैया र १७ गते बागफाँटामा मेयर गाउँघर स्वासथ्य सेवा शिविर कार्यक्रम सञ्चालन गरिएको थियो


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ