२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वास्थ्य विमा कार्यक्रम : सुदूरपश्चिमका सबै जिल्लामा फागुनभित्र सञ्चालन हुने

स्वास्थ्य विमा कार्यक्रम : सुदूरपश्चिमका सबै जिल्लामा फागुनभित्र सञ्चालन हुने


धनगढी—सरकारले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य विमा कार्यक्रममा गर्ने भएको छ । आउदो फागुनभित्र सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य विमा कार्यक्रम गर्ने स्वास्थ्य विमा बोर्ड काठमाडौंले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो ।

२०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट सुरु गरेको स्वास्थ्य विमाको कार्यक्रमअन्तर्गत सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा र डोटीबाहेक अरु जिल्लामा यो कार्यक्रम सञ्चालन भैरहेको छ । नेपालको जनगणना २०६८ अनुसार स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत कैलालीमा सबैभन्दा बढी १ लाख ३९ हजार ८ सय २० जनाले स्वास्थ्य विमा गराएको स्वास्थ्य विमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यलयले जनाएको छ ।

कार्यलयकाअनुसार सबैभन्दा कम दार्चुलामा ६ हजार जनाले स्वास्थ्य विमा गराएका छन् । त्यस्तै बझाङमा ३० हजार ४ सय ५०, बाजुरामा २६ हजार ६ सय ५०, अछाममा २७ हजार, बैतडीमा १३ हजार र कन्चनपुरमा १० हजार ७९ सय जनाले स्वास्थ्य विमा गराएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य विमा कार्यक्रम संयोजक जनकबहादुर साउँदले बताए ।

प्रदेशको सामाजिक विकास मन्त्रालय र प्रदेश विमा वोर्डबीच यस प्रदेशमा कार्यरत सबै स्वयंसेविकाको विमा गराउने पनि बताए । स्वास्थ्य विमा नियमावलीमा ७० वर्ष पुगेका सबै नागरिकको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम गराउने योजनाअनुसार सुदूरपश्चिम प्रदेशमा २० हजार जेष्ठ नागरिकको विमा गराइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ