२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशनेपाली सेनाको ‘स्काई ट्रक’मार्फत सुत्केरी महिलाको उद्धार

नेपाली सेनाको ‘स्काई ट्रक’मार्फत सुत्केरी महिलाको उद्धार


डोटी – डोटीकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा डोटीको दिपायल सिलगढी नगरपालिकाकी २६ वर्षीय अरुणा भण्डारीलाई नेपाली सेनाको ‘इस्काइ ट्रक’मार्फत उद्धार गरिएको हो ।

गत शनिबार राती डोटी जिल्ला अस्पतालमा सल्लेक्रिया मार्फत शिशु जन्माएकी उनको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो । आइतबार सेती प्रादेशिक अस्पताल पु¥याइएकी भण्डारीको स्वास्थ्य अवस्था जटिल हुन थालेपछि उनलाई अस्पतालले काठमाण्डौँ रेफर गरेको थियो । स्वास्थ्य अवस्था जटिल भएका कारण एम्बुलेन्सबाटै काठमाण्डौँ पु¥याउन समस्या देखिएपछि सुत्केरीका आफन्तहरुले सामाजिक बिकास मन्त्रालयसंग हेलिकोप्टर मार्फत काठमाण्डौँ लैजाने ब्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।

सो पश्चात सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको हो । मंगलबार दिउँसो धनगढी बिमानस्थलबाट भण्डारीलाई काठमाण्डौँ पठाइएको हो । सुत्केरी करुणाको प्रेसर र अन्य उपचार सुदूरपश्चिममा सम्भव नभएपछि उनको उद्धार गरिएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए । तिन दिन देखी सेती प्रादेशिक अस्पतालको आइसियुमा रहेकी उनको उद्धारको पहल सोमवारबाटै थाले पनि मङ्गलवार मात्रै प्रयास सफल भएको उनले बताए ।

प्रदेशका सबै स्वास्थ्य संस्थामा दक्ष चिकित्सकको अभाव र बिकटताका कारण यस्तो समस्या देखिने गरे पनि यसको समाधानका लागी प्रत्येक जिल्ला अस्पतालमा सुरक्षित सुत्केरी सेवाका लागी पहल भइरहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । सुत्केरीका आफन्तलेपनि पहाडी जिल्लामा विषेसज्ञ सेवा अभावकै कारण बिरामीले सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । सुत्केरी करुणाका मामा शिबराज जोशीले पहाडमा धेरै समस्या भएपनि सेती अस्पतालबाट हेलिकोप्टर मार्फत उद्धार भएपछि राहत महसुस भएको बताए ।

सुत्केरी भण्डारीको उद्धारका लागी सोमबारबाटै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पहल गरेका थिए । मंगलबार विहान भण्डारीलाई काठमाण्डौँ पठाउनु अघीपनि मन्त्री सुवेदी उनको अवस्था बुझ्न सेती अस्पतालमै पुगेका थिए । भण्डारीलाई काठमाण्डौँ पठाउन सामाजिक बिकास मन्त्रालयका परिवार नियोजन सुपसभाइजर योगेन्द्र ओझा, सामाजिक विकास मन्त्रीका प्रमुख स्वकिय सचिव शेर वहादूर विष्ट, सिनियर अनमी पुस्पा जोशी सहितको टोली विमानस्थल पुगेको थियो । भण्डारीलाई काठमाण्डौँ स्थित नर्मिक अस्पतालमा पठाइएको हो । हेलिकप्टरमार्फत उद्धार गरिएकी करुणा भण्डारी आफै स्वास्थ्य कर्मी हुन उनका श्रीमान पनि जिल्ला अस्पताल डोटीमा कार्यरत रहेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ