२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु

धनगढीका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु


धनगढी—धनगढी उप–महानगरपालिकाका १८ वटा सामुदायिक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम सुरु हुने भएको छ । बुधवार नेपाल सरकार स्वास्थ्य सेवा विभाग सामाजिक सुरक्षा महाशाखा, धनगढी उप–महानगरपालिका र सम्बन्धित विद्यालयबीच स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम संचालनका लागि सम्झौता भएको छ ।

विद्यालय स्वास्थ्य समन्वय समितिका संयोजक सुशीला मिश्र भट्टले स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमअन्तर्गत विद्यालयमा स्टाफ नर्स भर्ना गरिने छ । ‘स्टाफ नर्सले विद्यालयमा प्रजनन स्वास्थ्य तथा सरसफाइका बारेमा विद्यार्थीलाई सिकाउने छन्,’ संयोजक भट्टले भनिन्, ‘यसले महिनावारी सरसफाइका बारेमा समेत छात्राहरुले थाहा पाउने छन् ।’

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पहिलो चरणमा धनगढीका १८ वटा माध्यमिक तहका विद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम संचालन गरिएको भएपनि बाँकीमा चाँडै कार्यक्रम थप गरिने बताए । उनले भने, ‘पहिलो चरणमा छात्राहरुको संख्या बढी भएका विद्यालयहरु छनौटमा परेका छन् ।’

नगरप्रमुख वडले यस कार्यक्रमका बारेमा छनौटमा परेका विद्यालयका प्रधानाध्यापकहरुसँग समेत छलफल गरिएको बताए । धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले धनगढीमा २६ वटा माध्यमिक विद्यालय रहेको बताए । ‘पहिलो चरणमा नगरेकालाई चाँडै कार्यक्रमका लागि समेटिने छ,’ प्रमुख प्रशासकीय अधिकृत सापकोटाले भने, ‘धनगढीको कुशल व्यवस्थापनका कारण यति ठूलो संख्यामा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमको कोटा प्राप्ती भएको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ