२०८३ कात्तिक २, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बाजुराका भाइरल प्रभावित क्षेत्रमै पुगेर उपचार गर्दै चिकित्सक

बाजुराका भाइरल प्रभावित क्षेत्रमै पुगेर उपचार गर्दै चिकित्सक


मार्तडी–बाजुराको हिमाली गाउँपालिकाका भाइरल प्रभावित क्षेत्रमा चिकित्सकको टोली पुगेर उपचार गरिरहेको छ । गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले महामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरिरहेको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राज भण्डारीले बताए ।

उनले आफूहरुले उपचार मात्र नभई स्वास्थ्य सन्देश समेत दिइरहेको उनले बताए ।

आइतबारदेखि बिहिबारसम्म गाउँपालिको केन्द्र धुलाचौरमै चिकित्सक र स्वास्थ्यकर्मी टिमले उपचार गरिरहेको थियो । शुक्रबारदेखि विभिन्न गाउँमै पुगेर उपचार र स्वास्थ्य शिक्षा दिँदै आएको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।

बाजुराको सबैभन्दा दुर्गम गाउँपालिका रुपमा रहेको हिमाली गाउँपालिकामा पहिलो पटक चिकित्सकहरु गाउँ गाउँमा पुगेर सेवा समेत दिइरहेका हुन् । स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार शुक्रबार गाउँपालिका–४ को बोर्ता गाउँमा स्वास्थ्य शिविर संचालन गरी २ सय ३७ जनाको उपचार गरिएको थियो ।

त्यसैगरी, शनिबार फैतीगाउँमा १ सय ५६ जनाको स्वास्थ्य उपचार गरिएको छ । जसमध्ये ४ जना शंकास्पद बिरामीको नमुना लिई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ ।

त्यस्तै, आइतबार पनि वडा नम्बर ६ धिमगाउँमा स्वास्थ्य शिविर संचालन भएको छ । जहाँ २ सय भन्दा बढी बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । शिविर संचालल पश्चात पूर्णरुपमा भाइरल नियन्त्रण नभएपनि पहिलाभन्दा धेरै नियन्त्रणमा आइसकेको बताइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ