२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबाजुराका भाइरल प्रभावित क्षेत्रमै पुगेर उपचार गर्दै चिकित्सक

बाजुराका भाइरल प्रभावित क्षेत्रमै पुगेर उपचार गर्दै चिकित्सक


मार्तडी–बाजुराको हिमाली गाउँपालिकाका भाइरल प्रभावित क्षेत्रमा चिकित्सकको टोली पुगेर उपचार गरिरहेको छ । गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकी भाइरल ज्वरो इन्फ्लुन्जाले महामारीको रुप लिएपछि गाउँपालिका भित्रका गाउँमा पुगेर चिकित्सकसहितको टोलीले उपचार गरिरहेको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राज भण्डारीले बताए ।

उनले आफूहरुले उपचार मात्र नभई स्वास्थ्य सन्देश समेत दिइरहेको उनले बताए ।

आइतबारदेखि बिहिबारसम्म गाउँपालिको केन्द्र धुलाचौरमै चिकित्सक र स्वास्थ्यकर्मी टिमले उपचार गरिरहेको थियो । शुक्रबारदेखि विभिन्न गाउँमै पुगेर उपचार र स्वास्थ्य शिक्षा दिँदै आएको गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताए।

बाजुराको सबैभन्दा दुर्गम गाउँपालिका रुपमा रहेको हिमाली गाउँपालिकामा पहिलो पटक चिकित्सकहरु गाउँ गाउँमा पुगेर सेवा समेत दिइरहेका हुन् । स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार शुक्रबार गाउँपालिका–४ को बोर्ता गाउँमा स्वास्थ्य शिविर संचालन गरी २ सय ३७ जनाको उपचार गरिएको थियो ।

त्यसैगरी, शनिबार फैतीगाउँमा १ सय ५६ जनाको स्वास्थ्य उपचार गरिएको छ । जसमध्ये ४ जना शंकास्पद बिरामीको नमुना लिई सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको छ ।

त्यस्तै, आइतबार पनि वडा नम्बर ६ धिमगाउँमा स्वास्थ्य शिविर संचालन भएको छ । जहाँ २ सय भन्दा बढी बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । शिविर संचालल पश्चात पूर्णरुपमा भाइरल नियन्त्रण नभएपनि पहिलाभन्दा धेरै नियन्त्रणमा आइसकेको बताइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ